अहिले अभिनेत्री सुहाना चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज मिति नजिकिए सँगै सामाजिक सञ्जालमा र विभिन्न सोमा अन्तर्वार्ता दिने क्रम बढेको छ ।हालै अभिनेत्रीले एक अन्तर्वार्तामा भनेको केही कुरा निकै भाइरल भएको छ ।
नेपाली चलचित्रको सिरिज ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री सुहान थापा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् । अहिले सुहाना चलचित्र ‘ए मेरो हजुर ४’ को प्रचारमा व्यस्त छिन् । फिल्म ‘ए मेरो हजुर ३’ ले दर्शको मन जितेपछि करिब ३ वर्षपछि अभिनेत्री पुन: अभिनय क्षेत्रमा फर्कन लागेकी हुन् ।
अहिले अभिनेत्रीले अन्तर्वार्तामा उनले भगवान् कृष्णजस्तो प्रेमी र भगवान् रामजस्तो श्रीमान चाहेको बताएकी छिन् । हालै अभिनेत्री एक फिल्मी सम्बन्धी कार्यक्रमा ‘ग्ल्यामर गफ’ मा आफ्नो चलचित्र प्रचारको साथै अन्तर्वार्ताको लागि गएकी थिइन् । त्यस क्रममा अभिनेत्रीले आफ्नो प्रेमीमा हुनुपर्ने गुणको बारेमा बताएकी थिइन् ।
चर्चित नेपाली फिल्मको सिरिज ‘ए मेरो हजुर ४’ टिजर को साथै शीर्ष गीत पनि सार्वजनिक भएको छ । अभिनेत्री झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ ले आफ्नो प्रदर्शन मिति तोके सँगै फिल्मको टिजर पनि सार्वजनिक गरेको छ । यस अघि फिल्म यही वर्षको चैत महिनाको २५ गते रिलिज हुने भनिएको थियो तर पछि फिल्म नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते सार्वजनिक हुने भएको छ ।
अभिनेत्री सुहाना उनको आगामी फिल्मको प्रचारसँगै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन तस्बिरहरु अहिले निकै भाइरल भएको छ ।
तस्वीर स्रोत: सुहाना थापा इन्स्टाग्राम