गैँडाकोटमा एक साताको बयानपछि अभिनेता शाहलाई फेरी तनहुँ ल्याइयो

नाबालिग किशोरी जब:-र्जस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका नायक पल शाहसँग इलाका प्रहरी कार्यालय गैँडाकोटले एक साता राखेर बयान लिएर तनहुँ फिर्ता पठाएको छ ।

नाबालिग बला:-त्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई अनुसन्धानको लागि एक साता अघि इलाका प्रहरी कार्यालय गैँडाकोट लागिएको थियो । पीडित किशोरीले आफूलाई बला:-त्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएपछि अभिनेता पल शाह तनहुँ प्रहरी हिरासतमा थिए । पछि युवतीले फागुन १६ गते गैँडाकोट प्रहरीमा पनि मुद्दा दर्ता गराएकी थिइन् ।

पीडित बालिकाले प्रहरीमा दर्ता गराइएको जाहेरी अनुसार अभिनेता शाहले आफूलाई २०७७ चैत ७ गते गैँडाकोट आएको समयमा त्यस स्थानको एक होटेलमा जबर:-जस्ती करणी गरेको आरोप लगाएकी छिन् । गत मंगलबार अभिनेता शाहलाई थाप अनुसन्धानको लागि प्रहरी कार्यालय गैंडाकोट लागिएको थियो भने आज चैत १ गते मंगलबार पुन इलाका प्रहरी कार्यालय गैँडाकोटले एक साता राखेर बयान लिएर तनहुँ फिर्ता पठाएको छ ।

अनुसन्धानको लागि पहिलो पटक ७ दिनको म्याद लिएको प्रहरीले दोस्रो पटक १२ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । अहिले थपिएको १२ दिन पनि सकिँदै छ। अनुसन्धान नसकिए प्रहरीले अझै कानुन अनुसार एक साता न्यायिक हिरासतमा राख्न पाउने हुन्छ। तर अब अनुसन्धान पूरा भएको भएमा अब भने अभिनेता शाहलाई प्रहरीले अदालतमा पेस गर्नेछन् ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८१७:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेमी कृष्णजस्तो र श्रीमान रामजस्तो मन पर्ने बताउँछिन् अभिनेत्री सुहाना !