होलीको दिन बन्दै छ ३ राजयोग, हुनेछ निकै शुभ !

होली पर्व असत्य माथि सत्यको जित भएको खुसीमा रंगहरु साटा-साट गरेर मनाउने गरिन्छ । ज्योतिष शास्त्रको दृष्टिकोणले यस वर्षको होली ग्रहको यस्तो शुभ संयोगमा खेलिनेछ, जुन दुर्लभ छ । तर, भाद्रदोष पनि होलिका दहनको साँझ रहने भएकाले यस पटक होलिका दहन साँझको सट्टा रातमा गर्दा शुभ हुने भएको छ ।

यस वर्षको यस वर्ष होली पर्व चैत ३ गते मनाइने भएको छ, भने धार्मिक तिथि अनुसार पुर्णिमा तिथि चैत ४ गते पर्ने गएको छ । चैत ३ गते होलिका दहनका दिन ३ वटा राजयोग सृजना भएको छ । यस दिन गजकेशरी योग, वृष्ट योग र केदार योग बनेको छ । ज्योतिषीहरुको विश्वास गर्ने हो भने होलीमा ग्रहहरुको यस्तो शुभ संयोग कहिल्यै भएको थिएन ।

यस्तो शुभ योगमा होलिका दहनको उपस्थिति देशको लागि धेरै लाभदायक साबित हुनेछ। होलीको दिन बनेको यी ३ राजयोग बन्नाले मान-सम्मान, पारिवारिक सुख र समृद्धि, उन्नति र वैभव ल्याउँछ। होलिका दहन बिहीबार दिन हुनु निकै शुभ मानिन्छ । यसका साथै सूर्य पनि मीन राशिमा बृहस्पतिको राशिमा रहनेछ।

समग्रमा, ग्रहहरूको यस्तो शुभ स्थितिले रोग, दुःख र समस्याहरू नष्ट गर्दछ। यसका साथसाथै शत्रुहरूमाथि पनि विजय प्राप्त हुनेछ। यो समय व्यवसायीका लागि निकै लाभदायक भए देशको सरकारी कोषलाई पनि फाइदा पुग्न सक्छ । कर संकलनमा वृद्धि हुनसक्छ । वैदेशिक लगानी बढ्न सक्छ र अन्तर्राष्ट्रिय स्तरमा भइरहेको सुस्तता पनि अन्त्य हुनेछ ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८११:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशिका युवतीसँग विवाह गर्ने श्रीमानले जीवनमा खुब गर्छन् प्रगति, पुग्छन् उच्च स्थानमा