हालै एक चर्चित बङ्गाली अभिनेत्री पाकेट मारेको आरोपमा पक्राउ परेकी छिन् र यस मामिलामा अचम्मको कुरा के छ भने अभिनेत्री आफैंले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेकी छिन् । नायिका हालै एक मेलामा गएकी थिइन्। रुपा दत्तालाई मार्च १२, २०२२ मा अन्तर्राष्ट्रिय कोलकता पुस्तक मेलामा पकेट परेको आरोप लागेको छ ।
दत्तको साथबाट ७५ हजार रुपैयाँ बिधानगर प्रहरीले बरामद गरेको छ । जानकारीका अनुसार अन्तर्राष्ट्रिय कोलकता पुस्तक मेलामा तैनाथ प्रहरीहरूले एक महिलालाई डस्टबिनमा झोला फालेको देखेपछि प्रहरीले शंकाको आधारमा महिलालाई पक्राउ परेकी थिइन् । महिलालाई विधाननगर उत्तर प्रहरी चौकीमा लगिएको थियो।
पछि ती महिलालाई शंकाको आधारमा पक्राउ गरेर सोधपुछ गर्दा उनले यस्ता मेला, कार्यक्रमा भएको स्थानमा आएका मानिसहरुको पकेटबाट समान, पैसा चोरी गर्ने गरेको खुलासा गरेकी छिन् । र अन्तमा ती महिला अरु कोही नभई अभिनेत्री रुपा दत्ता भएको खुला भएको थियो ।