बलिउडका मिस्टर परफे:-क्शनिस्ट भनेर चिनिएका आमिर खानले आज आफ्नो ५७ औँ जन्मदिन मनाइरहेका छन् । विगत एक वर्ष देखि अभिनेता आमिर उनको व्यक्तिगत जीवनलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । केही समयअघि उनले आफ्नी दोस्रो श्रीमती किरण रावसँग सम्बन्ध विच्छेद गरेर अहिले उनले आफ्नो जीवनमा आएको उथलपुथलबारे खुलेर बोलेका छन् ।
अभिनेताले दिएको एक अन्तर्वार्तामा आफ्नो टुटेको दुई विवाह र परिवारप्रति आफूले गरेको लापरवाहीको बारेमा धेरै खुलासा गरेका छन् । अभिनेताले एक अन्तर्वार्तामा आफूले यस अघि करियरमा ध्यान दिँदै परिवारलाई खासै ध्यान नदिएको र अब भने आफू सचेत भएको हुँदा त्यस्तो नहुने बताएका छन् ।
अन्तर्वार्ताको क्रममा अभिनेताले भने ‘सामान्यतया मानिसले आफ्नो करियरको विकासमा ३–४ वर्ष खर्च गर्छन् । केही मानिसहरूका लागि यसले अझ बढी समय लिन्छ। करियरका कारण मैले पारिवारिक कुरालाई निरन्तर बेवास्ता गरेको छु ।’ यसको साथै अभिनेताले उनको पहिलो श्रीमतीलाई याद गर्दै भने ‘ अब म आमा-बाबु रीना, किरण र मेरा छोराछोरीसँग म नयाँ जीवनको सुरुवात गर्न चाहन्छु।’ साथै अहिले अभिनेताको कामको कुरा गर्दा उनको फिल्म ‘लाल सिंह चड्ढा’ केही समय नै हलमा लाग्दै छ ।