कंगनाले गरिन् यस्तो फोटोसुट, तस्बिर देखेर फ्यानलाई यस चलचित्रको याद

अभिनेत्री कंगना रनौत अहिले निकै चर्चामा छिन्, यस पटक भने अभिनेत्री कुनै विवादास्पद बयानका कारण नभई आफ्नो किलर लुकका कारण चर्चामा छिन् । कालो पोसाकमा कंगनाको केही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

अभिनेत्री पछिल्लो समयमा विभिन्न विवादित बयानको कारण चर्चामा आउने गरेकी छिन् । अहिले पुन: अभिनेत्री चर्चामा छिन् । यस पटक भने अभिनेत्री कुनै पनि विवादित बयानले नभई उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिरको कारण चर्चामा छिन् ।

पछिल्लो समय अभिनेत्री कंगना रनौत आफ्नो शो ‘लक-अप’ लाई लिएर चर्चामा छिन् ।

कालो पोसाकमा कंगनाको यो स्टाइल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

कंगनाले इन्स्टाग्राममा आफ्नो हरेक लुकका तस्बिर सेयर गरिरहेकी छिन्, जसलाई फ्यानहरूले पनि निकै मन पराइरहेका छन् ।

अभिनेत्रीले हालै सेयर गरेको उनको पछिल्लो तस्बिर देखेर मानिसहरुले चलचित्र ‘फेसन’ की कंगनालाई सम्झेका छन् ।

पहिरनसँगै अभिनेत्रीले फरक किसिमको हे:अर स्टा-इल बनाएकी छिन् । यसको साथमा अभिनेत्रीले आफ्नो लुकलाई पुरा गर्न हल्का मेक-अप गरेकी छिन् ।

प्रकाशित : आइतबार, फागुन २९, २०७८१८:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमिरलाई आयो पहिलो श्रीमतीको याद, पुराना दिनहरु सम्झदै भन्छन्: अब नयाँ सुरुवात गर्छु !