वैदिक ज्योतिष शास्त्र अनुसार छायाँ ग्रह राहुले राशि परिवर्तन गर्न लागेको छ । १८ महिनापछि १७ मार्च २०२२ मा राशि परिवर्तन गरेर राहु मेष राशिमा प्रवेश गर्नेछन्। राहु विदेश यात्रा, महामारी, राजनीति, यात्रा आदिको कारक ग्रह हो। राहुको गोचरले सबै १२ राशिको जीवनमा प्रभाव पार्नेछ। केही व्यक्तिहरूको लागि यो परिवर्तन जीवनमा ठूलो उथलपुथल साबित हुनेछ। साथसाथै यो राहु राशि परिवर्तनले ३ राशिका मानिसहरुलाई अथाह लाभ हुने भएको छ ।
मिथुन राशि
राहुको राशि परिवर्तन मिथुन राशिको कुण्डलीको ११ औँ घरमा अर्थात् आयको घरमा हुनेछ। तसर्थ, यो राशि परिवर्तन मिथुन राशिका मानिसहरूलाई धेरै लाभ दिनेछ। यस अवधिमा मिथुन राशिका मानिसले विभिन्न क्षेत्रबाट धन प्राप्त गर्नेछन्। पदोन्नति मिल्नेछ। व्यवसायीले मनग्य आम्दानी गर्नेछन् । लगानीबाट प्रशस्त नाफा पनि मिल्नेछ ।
कर्कट राशि
राहु कर्कट राशिको नवौँ घरमा गोचर हुँदै छ। यो घर भाग्य र विदेश यात्रा को घर हो। त्यसैले मार्च १७ पछि यस राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्नुका साथै विदेश जाने अवसर पनि मिल्न सक्छ । अहिलेसम्म रोकिएका काम राहु क्रमश: बन्नेछ। व्यवसायीलाई पनि धेरै फाइदा हुनेछ ।
मीन राशि
मीन राशिको कुण्डलीको दोस्रो भावमा राहुले गोचर गर्नेछ, जुन वाणी र धनको घर हो। अर्थात् राहुले राशि परिवर्तन गर्ने बित्तिकै मीन राशिका मानिसहरूलाई प्रशस्त धन लाभ हुनेछ। आम्दानी बढ्नेछ, कतैबाट अचानक धन प्राप्त हुनेछ। यदि पैसा कतै अड्किएको थियो भने, त्यो पनि अब उपलब्ध हुनेछ। यसका साथै बोलीको आधारमा ठूला काम पनि सजिलै हुनेछन् । करियरमा पनि यो समय लाभदायी रहनेछ । सबैको प्रशंसा र सम्मान प्राप्त हुनेछ ।