डिभोर्सपछि एकाएक ह्वात्तै बढ्यो सामन्थाको भाउ, बनिन् दोस्रो महँगो नायिका

एजेन्सी : सामन्था रुथ प्रभु दक्षिण भारतीय चलचित्र जगतकी सफल अभिनेत्रीमध्येकी एक हुन्। विगत केही समयदेखि उनी नागा चैतन्यसँगको सम्बन्ध-विच्छेदको कारण चर्चामा थिईन्। त्यसैबीच उनी आफ्नो पहिलो आइटम गीत ‘ओ अन्टावा’ को कारण चर्चाको शिखरमा पुगिन्। हालै भारतीय सञ्चारमाध्यमहरुका अनुसार सामन्था दक्षिण भारतीय चलचित्र उद्योगको दोस्रो महँगो नायिका बनेकी छिन्।

मिडिया रिपोर्ट्सका अनुसार सन् २०१० मा फिल्म ‘विन्नय्थान्दि वरुवाया(Vinnaithaandi Varuvaayaa)’ मा केमिओ गरी आफ्नो फिल्मी यात्रा सुरु गरेकी सामन्थाले अहिले एउटा फिल्मको ३-५ करोड भारु पारिश्रमिक लिन्छिन्। सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा नयनताराको नाम पहिलो स्थानमा आउँछ, जसले एउटा फिल्मको लागि ५-६ करोड भारु लिन्छिन्।

सामन्थाको बढ्दो पारिश्रमिकको माग प्रोडक्सन हाउसमा निर्भर रहने बताइएको छ। उनले आफ्नो सुपरहिट आइटम गीत ‘ओ अन्टावा’ को लागि ५ करोड पारिश्रमिक लिएकी थिईन्। लगातार भईरहेको सामन्थाको प्रगति देखेर उनका फ्यानहरुको खुशीले भुईमा खुट्टा छैन।

सामन्था चाँडै नै विजय सेतुपति र नयनताराको मुख्य भूमिकामा रहेको चलचित्र ‘काथुवाकुला रेन्दु काधल’ मा देखिनेछिन्। यसबाहेक उनी पौराणिक फिल्म ‘शकुन्तलम’ मा रानी शकुन्तलाको भूमिकामा देखा पर्नेछिन्।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१९:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘पैसाको लागि हैन, जुनूनको लागि काम गर्छु।’ : अक्षय कुमार