शतप्रतिशत धनी बन्छन् यस्ता मानिस, माता लक्ष्मीको विशेष कृपाले खुब प्राप्त गर्छन् धन-दौलत

ज्योतिष शास्त्रका अनुसार धनको हिसाबले कतिपय राशिका मानिस निकै भाग्यमानी हुन्छन् । माता लक्ष्मीको विशेष कृपाले धेरै धनी बन्छन् र विलासी जीवन बिताउन सफल हुन्छन् ।

ज्योतिषशास्त्र अनुसार कतिपय मानिस निकै भाग्यमानी हुने गर्दछन् । उनीहरुमा भगवानको विशेष कृपा हुन्छ र उनीहरुले आफ्नो जीवनमा सहजै उच्च स्थान प्राप्त गर्दछन् साथै धेरै धन कमाउँछन् र विलासी जीवन बिताउछन् । यी पनि भन्न सकिन्छ की उनीहरुलाई जीवनमा कुनै कुराको कमी महशुस हुँदैन । ज्योतिष शास्त्रमा यस्ता ३ राशिको बारेमा भनिएको छ । जसमा धनकी देवी लक्ष्मीको विशेष कृपा हुन्छ । जसका कारण जीवनभर धन र वैभव कमी हुँदैन ।

मेष राशि

ज्योतिष शास्त्रका अनुसार धनधान्यकी देवी लक्ष्मी मेष राशिका मानिसहरुप्रति विशेष गरी दयालु हुन्छिन् । जसका कारण उनीहरुमा पैसाको कहिल्यै कमी हुँदैन । जीवनमा धेरै चुनौतिहरुको सामना गर्नु परे पनि उनीहरु हार मान्दैनन् र हरेक बाधालाई पार गर्दै अगाडि बढ्छन् । यस राशिका मानिसको यो गुणले उनीहरुलाई धेरै सफल र धनी बनाउँछ।

वृष राशि 

वृष राशिका मानिसहरु धेरै मेहनती, इमानदार र प्रतिबद्ध हुन्छन् ।  उनीहरुको बोल्ने शैली र आकर्षक व्यक्तित्वले जो कोहीलाई सजिलै आकर्षित गर्दछ। जीवनमा संघर्ष गर्नु पर्छ तर भाग्यले साथ दिन्छ । जसका कारण उनीहरु निकै सफल छन् । कतिपयले त ठूलै ख्याति पाउँछन् । यस राशिका मानिसहरू विलासी जीवन बिताउँछन् र संसारका सबै सुखहरू प्राप्त गर्छन्।

कर्कट राशि 

कर्कट राशिका मानिसहरुप्रति माता लक्ष्मी निकै दयालु हुन्छिन् । यस राशिका मानिस निकै मेहनती र बुद्धिमान छन्। यसका साथै यस राशिका मानिसलाई धेरै भाग्यको साथ पनि मिल्छ । यी कारणहरूले गर्दा, कर्कट राशिका  मानिस धेरै पैसा कमाउँछन् र भव्य जीवन बिताउँछन्।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फागु पूर्णिमाको दिन बुध अस्ताउँदै, मेष देखि मीन राशिका जातक हुनेछन् प्रभावित