सन् २०२२ मा २ सूर्यग्रहण लाग्दैछ । जसमध्ये पहिलो ग्रहण अप्रिल ३० मा लाग्दैछ। यस वर्षको पहिलो सूर्यग्रहण अप्रिल ३० मा लाग्नेछ । यो आंशिक सूर्यग्रहण हुनेछ। जबकि दोस्रो सूर्यग्रहण अक्टोबर २५ मा लाग्नेछ । यो पनि आंशिक सूर्यग्रहण नै हुनेछ। ज्योतिषशास्त्रका अनुसार वर्षको पहिलो सूर्यग्रहण मध्यरात १२:३० बाट सुरु हुनेछ, यस ग्रहणको अवधि मेको १ तारिक बिहान ४:०७ बजेसम्म हुनेछ ।
वर्षको पहिलो सूर्यग्रहण मेष राशिमा लाग्नेछ । नेपालमा आंशिक सूर्यग्रहणका कारण सुतककाल मान्य नहुने भएको छ । यो ग्रहण प्रशान्त महासागर, एट्लाल-न्टिक, अन्टार्क:टिका र दक्षिण अमेरिकाको दक्षिणपश्चिम भागबाट देखिनेछ ।
सूर्यलाई आत्माको कारक ग्रह पनि भनिन्छ। सूर्यग्रहणको स्थिति शुभ मानिएको छैन। ग्रहण लाग्दा सूर्यको पीडा हुन्छ र शुभ फलमा कमी आउँछ । ज्योतिषका अनुसार सूर्यग्रहणको प्रभाव ४ राशीमा फलदायी रहनेछ ।
मेष राशि
यो राशिका मानिसहरुका लागि सूर्यग्रहण फलदायी रहनेछ। आर्थिक अवस्था राम्रो रहनेछ। कुनै पनि पुरानो लगानीबाट राम्रो पैसा कमाउन सकिन्छ। कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। यो गोचर व्यापारीहरूका लागि पनि फाइदाजनक साबित हुनेछ। लाभदायक सम्झौता हुन सक्छ। यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ। सरकारी जागिर खानेहरुका लागि समय निकै अनुकुल रहनेछ।
सिंह राशि
यो ग्रहण यस राशिका मानिसहरुका लागि निकै शुभ रहनेछ। हरेक काममा सफलता मिल्ने सम्भावना छ। जागिर खोज्नेहरुका लागि पनि समय निकै शुभ रहनेछ। राम्रो कामको प्रस्ताव आउन सक्छ। पदोन्नतिको प्रबल सम्भावना छ। नयाँ कामको थालनी गर्न सकिनेछ। अधुरा इच्छा पूरा हुने सम्भावना छ।
तुला राशि
तुला राशिका लागि सूर्यग्रहण शुभ रहनेछ। कार्यस्थलमा लाभको सम्भावना रहनेछ । काममा धेरै अवसर मिल्नेछ । साझेदारी कार्यमा सफलता मिल्नेछ। यस अवधिमा तपाईले अफिसमा फरक पहिचान बनाउन सक्षम हुनुहुनेछ।
धनु राशि
सूर्य ग्रहणले यस राशिका मानिसका लागि शुभ फल दिनेछ। कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। केही ठूला आवसर हात लाग्न सक्छन्। नयाँ योजनामा काम गर्न सकिनेछ। विदेश जाने सपना पूरा हुनसक्छ। लगानीका हिसाबले पनि समय शुभ देखिन्छ।