शनिदेवको कृपाले ३ राशिका जातकको हट्नेछ दुख-दर्द, आउनेछन् खुशीका पल

काठमाडौँ : शनिदेवको कृपाले तीन राशिका जातकको शुभ दिनहरु सुरु हुन् लागेको छ। सन् २०२२ मा शनिदेवले आफ्नो राशि परिवर्तन गर्दैछ। ज्योतिष शास्त्रमा शनिदेवलाई कर्मफलदाता मानिन्छ। अहिले मिथुन, तुला राशिमा शनि ढैय्या चलिरहेको छ। जबकि धनु, मकर र कुम्भ राशिमा शनिको साढेसाती चलिरहेको छ।

हिन्दू पञ्चाङ्ग अनुसार सन् २०२२ अप्रिल २९ तारिख(आउँदो बैशाख १६ गते) मा शनि मकर राशिबाट निस्किएर कुम्भ राशिमा प्रवेश गर्नेछ। अर्थात् शनि कुम्भ राशिमा प्रवेश गर्नेछ। शनि गोचरले सबै १२ राशिलाई प्रभाव पार्नेछ। यद्यपि तीन राशिका जातकलाई शनिको राशि परिवर्तनबाट विशेष लाभ मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शनिको राशि परिवर्तनको कारण मिथुन राशिका जातकले शनि ढैय्याबाट मुक्ति पाउनेछन्। शनि ढैय्या समाप्त भएसँगै मिथुन राशिका जीवनका कठिनाईहरुका हल निस्कनेछन्। काममा आउने बाधाहरु स्वत: हट्नेछन्। धन लाभको स्थिति सिर्जना हुनेछ। काममा प्रगतिको सम्भावना देखिन्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिमा अहिले शनि ढैय्या चलिरहेको छ। शनिको राशि परिवर्तनले यस राशिका व्यक्तिले शनि ढैय्याबाट मुक्ति पाउनेछन्। ढैय्या समाप्त हुनासाथ तपाईको भाग्यले साथ दिनेछ। काममा आउने बाधाहरु हट्नेछन्। आर्थिक दृष्टिकोणले शनिको राशि परिवर्तन लाभदायी साबित हुनेछ। विभिन्न क्षेत्रमा सफलता हासिल हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिमा शनिको साढेसाती चलिरहेको छ। शनिको गोचरसँगै शनिको दशाबाट मुक्ति मिल्नेछ। यस समयावधिमा तपाईको मान-सम्मानमा वृद्धि हुनेछ। रोकिएका कामहरुले निरन्तरता पाउनेछ। जागिर एवंम पेशामा आउने समस्याहरुको समाधान निस्कनेछ। नयाँ व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ, जो तपाईको करियरको लागि लाभदायी साबित हुनेछ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१४:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शतप्रतिशत धनी बन्छन् यस्ता मानिस, माता लक्ष्मीको विशेष कृपाले खुब प्राप्त गर्छन् धन-दौलत