चलचित्रको समीक्षा गर्दैमा कुखुराको मुटु नबनाउन निर्देशक सुदर्शनलाई ‘रजतपट’ को आग्रह !

पछिल्लो समय चलचित्र विशेष कार्यक्रम ‘रजतपट’ र यस कार्यक्रममा संचालक प्रकाश सुबेदी समय-समयमा चर्चामा आउने गर्दछन् । त्यस्तै अहिले ‘रजतपट’ टिम र चलचित्र निर्देशक सुदर्शन थापा बिचमा केही विवाद जस्तै भएको छ । केही दिन पहिले सुदर्शन थापाले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै कार्यक्रम ‘रजतपट’ ले चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गरेको समिक्षाको आलोचना गरेका छन् ।


अहिले अभिनेत्री पूजा शर्मा चलचित्र प्रचारको साथै हल-हाल भ्रमण गर्न देश दौडाहामा छन् । भने यस चलचित्रक नायक पक शाह भने एक बालिकालाई जब-र्जस्ति गरिएको अभियोगमा प्रहरी हिरासतमा छन् । यस प्रकरणको अहिले अनुसन्धान भइरहेको छ । अहिले चलचित्रल ‘म यस्तो गीत गाउँछु २’ ले राम्रो व्यापार गर्न सफल पनि भएको छ ।

कहिले चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्माता सुदर्शन थाले सामाजिक सञ्जालमा फेसबुकमा एक पोस्ट सार्वजनिक गरेका छन् । पोस्ट सार्वजनिक गर्दै ‘रजतपट एपिसोड किन्न नमानेको नतिजा’ भन्दै एक लामो पोस्ट सार्वजनिक गरेका छन् । निर्माता सुदर्शन थापाले कार्यक्रम रजतपट कार्यक्रमले “म यस्तो गीत गाउँछु २” फिल्म हेर्नु भएकै छैन, तर षड्यन्त्र पूर्वक समीक्षा गरिदिएको आरोप लगाएका छन् ।

यसको साथै रजतपटले बिहीबारको कार्यक्रममा चलचित्रको राम्रो-नराम्रो पक्षको व्याख्या गर्न पाउनु पर्ने बताएको छ । साथै चलचित्रको राम्रो पक्षको बारेमा भन्दा खुसी हुने र  नराम्रो पक्ष भन्दा साता पुस्ता सम्मलाई गालि गर्ने चलचित्र निर्माता भन्दै टिप्पणी गरेको छ । साथै चलचित्र निर्मातालाई रजतपटले कुखुराको मुटु नबनाउन समेत भनेको छ ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१४:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अन्तत: बैशाख १ गते भिड्ने भए चलचित्र ‘ए मेरो हजुर ४’ र ‘के.जी.एफ २’ कसले मर्ला बाजी !