काठमाडौँ : टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता पछिल्लो समय झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ ।
‘टिकटक’ बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै गएको छ ।१० मिनेटसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनय गर्न सकिन्छ ।
अहिले खाना खाँदादेखि कार्यालयमा काम गर्दासमेतका टिकटक बनाएको पाइन्छ। सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटक मनोरञ्जन तथा अभिनयको लागि गतिलो प्लाटफर्म हो।
टिकटकमा दिनहुँ कैयन् भिडियोहरु भाइरल हुने गरेका छन्। कतिपयको लागि टिकटक राम्रो कमाई गर्ने थलो बनेको छ भने कतिपयको लागि भने चर्चा पाउने माध्यम भएको छ। टिकटककै कारण साधारण मानिसहरु रातारात स्टार समेत बनेका छन्। बिना राउत र सरोज प्रजा लगायतलाई टिकटकले नै म्युजिक भिडियोमा छिर्ने ढोका खोलिदिएको हो। यस्तै टिकटकबाट भाइरल बनेकी मोडेल हुन् शायोमा लिम्बु।
उनले बो;_ल्ड अवतारमा अपलोड गर्ने हरेक भिडियोले टिकटकमा तहल्का मच्चाउने गर्छ। उनको लोभलाग्दो आकर्षक जिउडाल देखेर युवाहरु फिदा हुने गरेका छन्। टिकटकमा उनलाई लगभग ६ लाखले पच्छ्याएका छन्। हेर्नुस् उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही मनमोहक तस्बिरहरु….