करिब एक दशकपछि महानायक राजेश हमाल चलचित्र ‘सत्यम’ बाट चलचित्र क्षेत्रमा फर्कन लागेका छन् !

पछिल्लो समय नायक राजेश हमाल सामाजिक सञ्जालको साथै विभिन्न म्युजिक भिडियोमा सक्रिय भएका छन् । साथै केही समय एक सूचना सार्वजनिक गर्दै अब छिट्टै नै अभिनेता राजेश हमाल ‘सत्यम’ नाम चलचित्रबाट लामो समयपछि चलचित्र क्षेत्रमा क:-म्ब्याक गर्न लागेका छन् ।

यति बेला नेपाको सबै भन्दा महँगोमा बन्ने भएको छ फिल्म ‘सत्यम’ यस फिल्ममा महानायक राजेश हमाल, पल शाह अनुप विक्रम शाही मल्लिका महत, कविता नेपाली, मिलन सिजापति, शुसिल पोख्रेल, रक्षा थापा र अभय बराल जस्ता फिल्म क्षेत्रका मुख्य कलाकारको अभिनय हुने भनिएको छ । यति बेला फिल्मको तयारीको लागी पोखराको नौ डाँडामा वो-र्क-शप भइरहेको छ ।

तर अहिले धेरै जनामा चासोको विषय भएको छ । यस चलचित्रमा नायक पल शाहको पनि अभिनय हुने भनिएको छ । धेरै मानिसलाई अहिले चासोको विषय बनेको छ की यस चलचित्रको सुटिंग सकियो कि बाकी नै छ । निर्माण टिमको अनुसार यो चलचित्र नेपाली चलचित्र क्षेत्रको सबैभन्दा ठुलो लगानीमा बन्न लागेको चलचित्र हो चलचित्र ‘सत्यम’ निर्माणको लागी ८ देखी १० करोड लाग्ने बताएको छ ।

नेपाली सिनेमा क्षेत्रका चर्चित अभिनेता तथा महानायक राजेश हमाल यति बेला करिब पाँच वर्ष पछि फिल्म क्षेत्रमा फर्कंदै छन् । चलचित्र ‘सत्यम्’ बाट लामो समयको अन्तराल पछि अभिनेता फिल्म क्षेत्रमा आउन लागेका हुन् । त्यसै पनि महानायकको विषयमा भएको विवादमा उनलाई लामो समय देखी चलचित्र क्षेत्रमा नदेखिएको कारण केही दर्शक तथा नेपाली फिल्म क्षेत्रको केही निर्देशक तथा अभिनेताले विभिन्न आरोप लगाउँदै आएका छन् ।

अहिले अभिनेता पल प्रकारणले सामाजिक सञ्जाल तातिरहेको समयमा यस चलचित्रका निर्माण टिमले अभिनेता पल शाहको छायाँकन सकिएको होकी बाकी नै छ तथा अभिनेता पल शाहको स्थानमा अन्य कसैको आगमन हुन्छ खुलाएका छैनन् ।

 

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समुन्द्रको पानीमा छताछुल्ल भयो भोजपुरी अभिनेत्रीको जवानी, देखाईन् मादक जिउडाल