अत्यन्तै ह;_ट एवं बो;_ल्ड छिन् सलोन बस्नेतकी गर्लफ्रेन्ड, पेशाले हुन् एयर-होस्टेज

काठमाडौँ : पछिल्लो समय कलाकारहरुका प्रेमसम्बन्ध, वैवाहिक सम्बन्ध र सम्बन्ध विच्छेदको खबरलाई सामान्य रुपमा लिईन्छ। चलचित्र क्षेत्रसँग सम्बन्धित मानिसहरुदेखि लिएर आम मानिसहरुले समेत यी कुराहरुलाई आजकल सजिलै पचाउँछन्।

यी कुराहरु जत्तिनै सामान्यीकरण गरिएपनि यसबारे मानिसहरुको चासो भने अलिकति पनि घटेको छैन। कुन अभिनेताको कुन अभिनेत्रीसँग प्रेम सम्बन्ध छ, कोसँग सम्बन्ध चलिरहेको छ, ब्रेकअप भयो कि भएको छैन लगायत यावत कुराहरु सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा गतिलै खुराक बन्ने गर्छ।

अहिले सामाजिक सञ्जाल एवं सञ्चारमाध्यमहरुका लागि चर्चाको विषय भनेका व्यक्ति हुन्, अभिनेता सलोन बस्नेत। गसिप बजारमा विभिन्न युवतीहरुसँगको प्रेम सम्बन्धको कारण चर्चा आउने अभिनेता सलोन बस्नेतले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन्। सलोन अहिले केही समयदेखि करिश्मा केसीको प्रेममा छन्। सलोनले प्रणय दिवसको अवसर पारेर करिश्मासँगको तस्वीर सार्वजनिक गरेका हुन्।

कुनैबेला अभिनेत्री करिश्मा श्रेष्ठको प्रेममा चुर्लुम्मै डुबेका सलोन ब्रेकअप भएपछि करिश्मा केसीको प्रेममा परे। अहिले सलोन एयर होस्टेज करिश्मा केसीको प्रेममा रमाइरहेका छन् ।

सलोनले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा आफू प्रेममा रहेको खुलासा गर्दै आएका थिए। तर उनले आफू कसको प्रेममा रहेको कुरा भने खुलाएका थिएनन्। सञ्चारमाध्यमहरुका अनुसार यो जोडी दुई वर्षदेखि एक-अर्काको प्रेममा छन्। करिश्मा पेशाले एयर होस्टेज हुन्।

सलोन बस्नेत पुराना निर्देशक सोभित बस्नेतका छोरा हुन्। उनले भुवन केसीको चलचित्र ‘नेपालीबाबु’ मा बालकलाकारको भूमिका निर्वाह गर्दै अभिनय दुनियाँमा कदम राखेका हुन्। उनले बालकलाकारका रूपमा झन्डै चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। सलोनले सफल चलचित्र ‘होस्टल’ बाट अभिनेताका रूपमा डेब्यु गरेका हुन्।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१३:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करिब एक दशकपछि महानायक राजेश हमाल चलचित्र ‘सत्यम’ बाट चलचित्र क्षेत्रमा फर्कन लागेका छन् !