सौर्यमण्डलमा ग्रहहरूको स्थितिमा सानो परिवर्तनले पनि सबै राशिहरूमा ठूलो प्रभाव पार्छ। मानिसको जीवनमा यो प्रभाव राम्रो वा नराम्रो हुन सक्छ। ग्रह गोचरमा सूर्यको गोचरलाई निकै महत्वपूर्ण मानिन्छ। मार्च १५, २०२२ मा सूर्यले आफ्नो राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गर्दैछ। मीन राशि सूर्यको अनुकूल राशि हो, त्यसैले सूर्यको यो गोचरले ४ राशीका मानिसलाई लाभ दिनेछ। प्रतिष्ठा, सफलता, आत्मविश्वासको कारक सूर्य ग्रहले यी राशिहरूलाई अत्यन्त लाभ दिनेछ।
वृष राशि
वृष राशिको आम्दानीको घरमा सूर्य देवको गोचर हुँदैछ। यो स्थितिले यस राशिका व्यक्तिहरूको आयमा वृद्धि हुनेछ। पैसा कमाउनुका साथै आम्दानीको नयाँ बाटो मिल्नेछ। व्यापारीहरूले अचानक मनग्य लाभ लिन सक्नेछन्। लगानीका लागि पनि यो समय राम्रो रहेको छ। विशेष गरी सम्पत्तिमा लगानी गर्नु लाभदायक साबित हुनेछ।
मिथुन राशि
मिथुन राशिको करियर घरमा सूर्य गोचर गर्दैछ। यो स्थितिले यस राशिका व्यक्तिहरूलाई नयाँ कामको प्रस्ताव आउन सक्छ। वा हालको जागिरमा नै पदोन्नति हुन सक्छ। तपाईंको कामको प्रशंसा हुनेछ। राजनीतिमा सक्रिय व्यक्तिका लागि ठूलो पद पाउने सम्भावना छ।
कर्कट राशि
सूर्यको यो गोचरले कर्कट राशि हुनेलाई धेरै लाभ दिनेछ। सूर्य यो राशिको भाग्य घरमा गोचर गर्नाले यी राशि हुनेहरुको सौभाग्य बढ्नेछ। यसबाट हरेक काममा सफलता मिल्नेछ। व्यापार होस् वा जागिर, सबैलाई बलियो फाइदा हुनेछ। यिनीहरूले ठूलो पद पाउन सक्छन्। समग्रमा यो समय निकै शुभ रहन्छ।
धनु राशि
धनु राशिको भाग्य र धर्मको घरमा सूर्यको गोचर हुनेछ। यो समय यी व्यक्तिहरूको लागि धेरै शुभ फल ल्याउनेछ। धनसम्पत्ति बढ्नेछ। नयाँ घर वा गाडी किन्न सकिनेछ। व्यवसायीले मनग्य आम्दानी गर्न सक्नेछन्। सम्पत्ति सम्बन्धि काम गर्नेहरूका लागि यो समय विशेष लाभदायक रहनेछ।