अबको २२ दिन यी ४ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ लाभै-लाभ !

मार्च महिना ग्रह परिवर्तनको हिसाबले विशेष छ। २०२२ को मार्च महिनामा ३ महत्वपूर्ण ग्रह राशि परिवर्तन हुँदैछ। जसले सबै १२ राशिका मानिसको जीवनमा ठूलो प्रभाव पार्नेछ। मार्चको सुरुमा बुध ग्रह कुम्भ राशिमा प्रवेश गरेको छ। त्यस्तै, १५ मार्च, २०२२ मा सूर्य कुम्भ राशि छोडेर मीन राशिमा प्रवेश गर्नेछ। यसपछि महिनाको अन्तिम दिन शुक्र ग्रह कुम्भ राशिमा प्रवेश गर्नेछ। ग्रहको स्थितिमा हुने यी ठूला परिवर्तनले ४ राशीका मानिसलाई बलियो लाभ दिनेछ।

मेष राशि 

मार्चमा हुने यी ग्रह परिवर्तनहरूले यस राशिका व्यक्तिहरूलाई बलियो आर्थिक लाभ दिनेछ। यसबाट आर्थिक अवस्था मजबुत हुनेछ। काम-व्यवसाय दुबैको लागि यो समय राम्रो छ। नयाँ कामको प्रस्ताव आउन सक्छ। व्यवसायीले ठूला कारोबार गर्न सक्छन्। आत्मविश्वास उच्च रहनेछ।

वृष राशि 

 

वृष राशि हुनेहरुका लागि ३१ मार्च २०२२ सम्मको समयले धेरै फाइदा दिनेछ। तपाईंले ठूलो तलब वृद्धि वा नयाँ काम प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। यो प्रस्तावले उच्च स्थान र ठूलो प्याकेज ल्याउन सक्छ। यसका साथै परिवारमा पनि सुखी वातावरण रहनेछ। कुनै ठूलो काम पुरा हुनसक्छ।

मिथुन राशि 

मिथुन राशिका व्यक्तिहरूलाई यो समयले करियरमा ठूलो सफलता दिनेछ। कार्यशैलीमा केही परिवर्तन हुनेछ जुन धेरै लाभदायक साबित हुनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ। आम्दानी बढ्नेछ।

मकर राशि 

मकर राशिको मानिसको कुण्डलीमा ग्रहको स्थितिले राजयोग बनाउँदैछ। यो राजयोगले ठूलो सफलता पनि दिलाउनेछ र धेरै धन आर्जन पनि हुनेछ। विशेषगरी व्यवसायी तथा मार्केटिङ गर्नेहरूका लागि मार्च ३१ सम्मको समय लाभदायक रहेको छ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको ६ दिनपछि सुरु हुनेछ यी ४ राशिको सुनौलो दिन, हुनेछ नसोचेको आर्थिक लाभ !