भोलि फागुन २५ गतेको राशिफल : बुधबार यी राशिले हासिल गर्नेछन् भरपूर सफलता, हुनेछ भाग्यवृद्धि

फाल्गुन २५ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –बुधबार(Friday)।।। नक्षत्र – कृत्तिका , ९:०७ बजे उप्रान्त रोहिणी ।।। तिथि – सप्तमी , २६:५८ बजे उप्रान्त अष्टमी।।। करण – गर १४:०० बजेदेखि वणिज , २६:५८ बजे उप्रान्त वालव ।।। योग – विष्कम्भ , २५:४२ बजे उप्रान्त प्रीति।।। फागुन २५, २०७८, बुधवार ।।। ०९ मार्च, २०२२  ।।। सप्तमी, फाल्गुण शुक्लपक्ष ।।। चिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:२२।।। सूर्यास्त(sunrise) – १८:०८।।। 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

स्वभावमा उग्रता र जिद्दी व्यवहार नियन्त्रण गर्नुहोला। परिश्रम गरेपछि निर्धारित सफलता नमिल्नाले मनमा खिन्नत अनुभव हुनेछ। शारीरिक स्वास्थ्य पनि कम्जोर हुनेछ। यात्राको लागि योग्य समय रहेको छ। तर सन्तानको विषयमा चिन्ता हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाईको कार्य  सफलतामा दृढ मनोबल र आत्मविश्वासको भूमिका हुनेछ। विद्यार्थीले भने आफ्नो पढाईमा रुचि राख्न सक्छन्। सरकारी कार्यमा सफलता वा लाभ मिल्नेछ। सन्तानमा पैसा खर्च हुनेछ। कलाकार एवम् खेलाडीको लागि आफ्नो प्रतिभा दर्शाउनको लागि उत्तम समय रहेको छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिनको सुरुवातमा उर्जाको अनुभव हुनेछ । भाग्यवृद्धिको अवसर आउनेछ। नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आर्थिक दृष्टिले तपाईलाई लाभ हुने योग छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

तपाईको मनमा निराशा भएकोले खिन्नता अनुभव गर्नुहुनेछ। परिवारको सदस्यसँग मनमुटाव हुनेछ। विधार्थीको पढाईमा ध्यान रहदैन। साथै पैसा खर्च हुनेछ।  अनैतिक प्रवृत्तिमा नपर्नुहोला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

समाजमा  मान-प्रतिष्ठा  वृद्धि हुनेछ।  बोलि , व्यवहारमा उग्रता तथा कसैसँग झगडा हुने सम्भावना रहेको छ। बुबा वा वृद्दबाट लाभ हुनेछ। वैवाहिक जीवनमा मधुरता अनुभव गर्नुहुनेछ। सरकारी कामकाज शीघ्र पुरा भएको प्रतित होला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शारीरिक र मानसिक चिन्ताले निराश रहनुहुनेछ। कसैसँग झगडा वा झन्झट हुनेछ। आकस्मिक धनखर्च  होला।  दाम्पत्यजीवनमा समस्या उत्पन्न हुनेछ। मानसिक र शारीरिक स्वास्थ्य खराब होला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

विविध क्षेत्रमा लाभ मिल्नाले तपाई शारीरिक र मानसिक रूपले स्वस्थ र प्रफुल्लित रहनुहुनेछ । साथीसँग कुनै रमणीय स्थलमा भेट हुनेछ। गृहस्थ जीवनमा  सुख- शान्तिको अनुभव हुनेछ। स्त्री मित्रबाट लाभ हुनेछ। आय वृद्दि हुनेछ। उत्तम वैवाहिक सुख प्राप्ति हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईको  हरेक कार्य बाधारहित रूपले पूरा हुनेछ। गृहस्थजीवनमा आनन्द छाईरहनेछ। मान प्रतिष्ठा वृद्धि हुनेछ। पेसा र व्यवसायमा प्रगति हुनेछ। धन लाभ होला । सन्तानको प्रगतिले खुशी हुनुहुनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

तपाई स्वास्थ्य राम्रो रहनेछ। शारीरिक रुपले  अशक्ति र आलस्यको भावना रहनेछ। मानसिकरुपले चिन्ता र निराश अनुभव हुनेछ। कुनै पनि कार्य सम्हालेर गर्नुहोला। प्रतिस्पर्धा र विरोधीसँग वादविवाद नगर्नुहोला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

खान-पानमा ध्यान दिनुहोला। नकारात्मक विचार र क्रोधलाई टाढा राख्नाले समस्याबाट बच्न सक्नुहुन्छ। नयाँ सम्बन्ध स्थापित गर्नुभन्दा पहिला सावधानी अपनाउनुहोला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

भरपूर आत्मविश्वास र दृढ मनोबलले प्रणय र रोमान्सले तपाईको दिन रंगिन बनाउनेछ। आनन्ददायक पर्यटन र सुरुचिपूर्ण भोजन, नयाँ वस्त्रले तपाईलाई आनन्दित गर्नेछ। सार्वजनिक मान-सम्मान वृद्धि हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

घरमा सुख- शान्ति र आनन्दको वातावरण बनिरहनेछ। दैनिक कार्य आत्मविश्वासपुर्वक गर्न सक्नुहुनेछ। यद्यपि तपाईको स्वाभाविक उग्रता र बोलि आक्रामकतामा सोच्नुपर्ने हुनेछ। स्वास्थ्य पनि राम्रो हुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१९:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको २२ दिन यी ४ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ लाभै-लाभ !