काठमाडौँ – एक ‘सेलेब नेपाल’ नामका युट्युब च्यानल मार्फत पिडितको चरित्र हत्या गर्न अभियोगमा युट्युब च्यानल सञ्चालक पक्राउ परेका छन् ।
युट्युब च्यानल ‘सेलेब नेपाल’ मार्फत पीडितको चरित्र हत्या गर्ने उद्देश्यले कपोकल्पित समाचार सम्प्रेषण गरेको आरोपमा गुल्मीको भनभने घर भइ हाल बुटबल बसेर युट्युब च्यानल संचालक गर्दै आएका राहुल थापालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अहिले थाप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जानकारी गराएको छ ।
यस्तै अर्का व्यक्ति जसले फेसबुकमा नाबालिकाको अश्लिल तस्बिरको प्रयोग गरी आपत्तिजनक स्टाटस लेखेर फेसबुकमा अपलोड गरी बालिकाको चरित्र हत्या गर्ने ललितपुरका विकास महर्जनलाई पक्राउ परेका छन् ।