शनि ग्रह निकै ढिलो चाल चल्ने ग्रह हो, जसले एक राशिबाट अर्को राशिमा गोचर गर्न साढे २ वर्षको समय लिने गर्छ। तर यस अवधिमा शनिले आफ्नो चाल वा नक्षत्र भने परिवर्तन गरिरहन्छ। साथै अन्य ग्रहहरुसँग संयोग पनि हुन्छ। त्यसैले पनि राशि परिवर्तन नगरेपनि यसले हाम्रो जीवनमा प्रभाव पार्ने गर्छ। फेब्रुअरी १८, २०२२ मा शनि ग्रहले आफ्नो नक्षत्र परिवर्तन गरी धनिष्टा नक्षत्रमा प्रवेश गरेको छ। अब शनि यस नक्षत्रमा आगामी १३ महिनासम्म रहनेछ। यस्तो अवस्थामा यसले सबै १२ राशिलाई असर गर्छ। तर, ५ राशिका लागि यो समय निकै शुभ रहनेछ।
मेष राशि
जीवनमा स्थिरता रहनेछ। पुराना रोकिएका काम समयमै पूरा हुनेछन्। करियरमा उछाल आउनेछ। बेरोजगारले रोजगारी पाउनेछन्। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। आम्दानी बढ्नेछ। व्यापारीहरूले नाफा कमाउनेछन्। केही शुभ कार्यले टाढाको यात्रा गर्न सकिनेछ। घरजग्गा खरिदका लागि समय राम्रो छ। जीवन साथीसँगको सम्बन्ध मधुर रहनेछ। कडा परिश्रमका कारण आकस्मिक आर्थिक लाभ हुन सक्छ।
वृष राशि
जागिर र करियरमा लाभ हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। व्यापारमा लाभ हुनेछ। यदि तपाईं नयाँ व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने यो उत्तम समय रहनेछ। आम्दानी निरन्तर बढ्नेछ। पैसाको लागि यात्रामा जान सकिनेछ। रोकिएको पैसा पनि फिर्ता हुनेछ।
मिथुन राशि
करियरमा अचानक सकारात्मक परिवर्तन आउनेछ। आफ्नो र परिवारको स्वास्थ्य राम्रो रहनेछ। प्रेममा सफलता मिल्नेछ। भगवानको कृपाले भाग्यले साथ दिनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। प्रियजनसँग प्रेम बढ्नेछ। जीवनसाथीसँग रोमान्टिक यात्रामा जान सकिनेछ।
कर्कट राशि
प्रेममा सफलता मिल्नेछ। प्रेम विवाह गर्नेहरूका लागि पनि समय राम्रो रहनेछ। धनको कमी हुने छैन। चीजहरू तपाईंको पक्षमा हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ। जीवनसाथीसँगको सम्बन्धमा सुधार आउनेछ। सन्तान सुख प्राप्त हुनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ। रोकिएका काम पुरा हुनेछन्। सुखद यात्रा हुनसक्छ।
धनु राशि
सफलताले तपाईंको कदम चुम्नेछ। रोकिएको पैसा पनि फिर्ता हुनेछ। नोकरी तथा व्यवसायमा प्रगति हुनेछ। विद्यार्थीहरूले राम्रो नतिजा ल्याउनेछन्। प्रेममा सफलता मिल्नेछ। घरमा कुनै शुभ कार्य हुन सक्छ। धन आर्जनका नयाँ साधनहरु फेला पर्नेछ। प्रियजनसँग प्रेम बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। भौतिक सुखसुविधामा वृद्धि हुनेछ।