अभिनेत्री पूजालाई कलाकार दीपक राज गिरीले बधाई दिएका छन् । अभिनेत्रीले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै ‘तिमि मेरो’ लेख्दै प्रेमको संकेत राखेकी छिन् ।
पछिल्लो समयमा अभिनेत्रीको पूजाको सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चा बढेको छ । अहिले देख्न सकिन्छ अभिनेत्रीको बारेमा केही यता दैनिक केहि न केही खबर भाइरल भइरहेको छ । त्यस्तै पछिल्लो समयमा पल र समीक्षा प्रकरणमा अभिनेत्री पूजाले दिएको अभिव्यक्ति निकै भाइरल भएको छ ।
अहिले अभिनेत्री पूजा शर्माको एक पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । अभिनेत्रीले सामाजिक सञ्जालमा एक पुरुषको साथमा तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्रीले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा ‘तिमि मेरो’ लेख्दै प्रेमको संकेत राखेकी छिन् ।
अहिले अभिनेत्री सामाजिक सञ्जालमा बधाई दिने ओइरो लागेको छ । अभिनेत्रीलाई विभिन्न कलाकारको साथै अभिनेत्री थुप्रै फ्यानले लगातार कमेन्ट मार्फत बधाई दिएका छन् । त्यस्तैमा अभिनेत्रीलाई कलाकार दीपक राजा गिरी, आर्यन सिग्देल लगायतले बधाई दिएका छन् । कलाकार दीपकले कमेन्ट मार्फत अभिनेत्रीलाई बधाई छ पूजा भनेका छन् ।