अहिले सामाजिक सञ्जालमा अभिनेत्री पूजाको निकै चर्चा हुने गरेको छ । त्यस्तै पछिल्लो समयमा पल र समीक्षा प्रकरणमा अभिनेत्री पूजाले दिएको अभिव्यक्ति निकै भाइरल भएको छ । साथै अभिनेत्री हल-हलमा नायक पल शाहको चित्र भएको टि-शर्ट लगाए पलको नाम लिँदै दर्शकलाई इमो-सनल ब्ल्या:-कमेल गरेको भन्दै सामाजिक सञ्जालमा निकै ट्रोल भएकी थिइन् ।
अहिले अभिनेत्री पूजा शर्माको एक पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । अभिनेत्रीले सामाजिक सञ्जालमा एक पुरुषको साथमा तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्रीले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा ‘तिमि मेरो’ लेख्दै प्रेमको संकेत राखेकी छिन् ।
अहिले अभिनेत्री सामाजिक सञ्जालमा बधाई दिने ओइरो लागेको छ । अभिनेत्रीलाई विभिन्न कलाकारको साथै अभिनेत्री थुप्रै फ्यानले लगातार कमेन्ट मार्फत बधाई दिएका छन् । त्यस्तैमा अभिनेत्रीलाई कलाकार दीपक राजा गिरी, आर्यन सिग्देल लगायतले बधाई दिएका छन् ।
यस भन्दा अहिले पनि अभिनेत्री विभिन्न अभिनेतासँग नाम जोडेर सामाजिक सञ्जालमा चर्चा हुने गर्थ्यो । अभिनेत्रीको कुनै समयमा अभिनेता पल शाहसँग प्रेम रहेको भन्दा विभिन्न चर्चा हुने गर्थ्यो । पछि अभिनेता आकाश श्रेष्ठसँग पनि उनको प्रेम चर्चा चलेको थियो । तर अभिनेत्री उनीहरुलाई आफ्नो मिल्ने साथै मात्र भएको बताउँदै आएकी थिइन् ।