कतिपय मानिसहरु जन्मजात नै भाग्यमानी हुन्छन्। जुनसुकै काम गरे पनि सहजै सफलता मिल्छ। धेरै पैसा कमाउँछन् र नाम पनि कमाउँछन्। यसको पछाडी यी मानिसमा रहने शनिको विशेष कृपा हुनसक्छ। वास्तवमा न्यायको देवता मानिने शनि सधैं ३ राशिका मानिसहरुप्रति दयालु रहन्छन्।
जसका कारण शनिको साढे साती महादशा र ढैय्या जस्ता महादशामा पनि यी राशिका मानिसहरुलाई भाग्यले साथ छोड्दैन र यस अवधिमा समेत खुब लाभ प्राप्त गर्न सक्छन्।
तुला राशि
तुला राशिलाई शनिदेवको सबैभन्दा प्रिय राशि मानिन्छ। यस कारण तुला राशिका व्यक्तिहरूलाई सधैं शनिको कृपा मिल्छ। तिनीहरू मेहनती, इमानदार र आफ्नो जीवनमा उच्च स्थान प्राप्त गर्छन्। सामान्यतया तिनीहरूले आफ्नो जीवनको हरेक लक्ष्य हासिल गर्छन्। यदि यी व्यक्तिहरूले शनि चालिसाको पाठ गर्छन् भने, उनीहरूमाथि शनिदेवको कृपा वृष्टि हुन्छ।
मकर राशि
मकर राशिको स्वामी शनि ग्रह हो। शनिको प्रभावको कारण, यी व्यक्तिहरू कडा परिश्रम गर्छन् र आफूले चाहेको सबै चीजहरू प्राप्त गर्छन्। यस राशिका व्यक्तिहरूलाई शनिदेवको कृपाले जीवनमा हरेक सुख प्राप्त हुन्छ र सधैं धेरै प्रगति गर्न सफल हुन्छन्।
कुम्भ राशि
कुम्भ राशिको स्वामी शनि हो र शनिदेव यस राशिका मानिसहरूलाई सधैं दयालु रहन्छन्। शनिको प्रभावले यस राशिका व्यक्तिहरू मेहनती, सहयोगी, असल नेता र अन्याय विरुद्ध आवाज उठाउने किसिमका हुन्छन्। यस राशिका मानिस असल लिडर हुन्छन् र धेरै नाम कमाउँछन्।