३० वर्षपछि ३ राशिको जीवनमा तहल्का मच्चाउन आउँदैछन् शनिदेव, सुरु हुनेछ साढेसातको दशा

काठमाडौँ :  ज्योतिष शास्त्रमा सबै ९ ग्रहहरुको विशेष महत्व रहेको छ। शनि ग्रहको गति सबैभन्दा सुस्त हुन्छ। यो कुनै एक राशिबाट अर्को राशिमा जान अढाई वर्ष समय लाग्छ। शनि कुनै एउटा राशिमा गोचर गरेपछि फेरी उहीँ राशिमा फर्किन् करिब ३० वर्ष समय लाग्छ। ज्योतिषशास्त्रका अनुसार शनिदेव करीब ३० वर्षपछि पुन: कुम्भ राशिमा आउन लागेको हो। आउँदो अप्रिल २९ तारिखमा शनिदेवले मकर राशिमा आफ्नो यात्रा तुङ्ग्याउनेछ। शनिको यो राशि परिवर्तनले केही राशिमा साढेसाती र ढैय्या सुरु हुन्छ। जबकि केही राशिमा शनिको दशा समाप्त हुनेछ। जान्नुहोस्, कुन राशिमा शनिको प्रकोप रहनेछ त ?

शनि कुम्भ राशिमा गोचर हुँदा २ राशिमा शनिको ढैय्या शुरू हुन्छ। वास्तवमा कर्कट र वृश्चिक राशिमा शनिको ढैय्या शुरू हुन्छ। यतिबेला तुला र मिथुन राशिका जातकमा शनिको ढैय्या चलिरहेको छ। ज्योतिषीहरुका अनुसार तुला राशिमा शनि उच्च र मेष राशिमा नीच मानिन्छ। साथै, शनिलाई मकर र कुम्भ राशिको स्वामी मानिन्छ। शनिको महादशा १९ वर्षसम्म चल्छ। कुण्डलीमा शनि शुभ र मजबूत स्थितिमा भए व्यक्तिले उच्च पद, सम्मान र पैसा प्राप्त गर्दछन्।

ज्योतिषशास्त्रका अनुसार शनिदेव विगत २ वर्षदेखि मकर राशिमा विराजमान छ। धनु, मकर र कुम्भ राशिमा शनिको साढेसातीको प्रभाव हुन्छ। आउँदो अप्रिल २९ तारिखमा शनिदेव कुम्भ राशिमा प्रवेश गरेसँगै मीन राशिमा शनिको साढेसाती सुरु हुनेछ। जबकि धनु राशिको जातकले साढेसातीबाट मुक्ति पाउनेछन्। यसबाहेक मकर राशिमा शनिको अन्तिम चरण र कुम्भ राशिमा दोस्रो चरण सुरु हुनेछ।

प्रकाशित : शनिबार, फागुन २१, २०७८१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको महादशाबाट पनि केही हुँदैन यी ३ राशिलाई, हुन्छन् निकै भाग्यमानी !