पर्सिबाट चम्किँदै छ यी ३ राशिको भाग्य, मिल्नेछ अपार सफलता: हुनेछ लाभै-लाभ !

बुद्धि र ज्ञानको कारक बुध ग्रहले छिट्टै राशि परिवर्तन गर्न लागेको छ। जब यो ग्रहले राशि परिवर्तन गर्छ, यसले सबै राशिका मानिसहरूलाई असर गर्छ। यो ग्रह धेरै छिटो चल्छ। यसले व्यक्तिको बौद्धिकता र सिक्ने क्षमताको प्रतिनिधित्व गर्दछ। फागुन २२ गते बुध ग्रहले शनिको राशि कुम्भ राशिमा प्रवेश गर्न लागेको छ। बृहस्पति र सूर्य पहिले नै कुम्भ राशिमा विराजमान छन्। कुम्भ राशिमा बुधको गोचरले मानिसको आर्थिक जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ। जान्नुहोस कुन ३ राशिका लागि यो गोचर फलदायी साबित हुनेछ।

मेष राशि 

बुधको गोचर यस राशिका व्यक्तिका लागि लाभदायी साबित हुनेछ। यस अवधिमा तपाईं आफ्नो संचार कौशलको बलमा आर्थिक लाभ गर्न सक्षम हुनुहुनेछ। लेखन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्नेछन्। तपाईंको कामको सर्वत्र प्रशंसा हुनेछ। शुभ समाचार पनि सुन्न सकिन्छ।

वृश्चिक राशि 

यो परिवर्तन तपाईंको लागि धेरै शुभ साबित हुनेछ। दाम्पत्य जीवनमा सुख समृद्धि रहनेछ। पैतृक सम्पत्तिबाट राम्रो लाभ मिल्नेछ। अचानक धन प्राप्तिको सम्भावना छ। रोकिएका कामहरु सम्पन्न हुने सम्भावना छ। व्यापार व्यावसायमा राम्रो नाफा कमाउन सकिनेछ।

धनु राशि 

यस अवधिमा तपाईंको संचार कौशल बढ्नेछ। सफलताको नयाँ उचाइ हासिल गर्न सकिनेछ। करियरमा आफ्नो प्रतिभा देखाउने धेरै अवसर मिल्नेछ। यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ।

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : ज्योतिषीय दृष्टिले सरसर्ती हेर्दा यी राशिलाई शुभ छैन यो साता, आँटेका काम बन्नेछैन्