काठमाडौँ : मङ्गल ग्रहले २६ जनवरी(फागुन १४, २०७८, शनिवार)मा आफ्नो उच्च राशि मकरमा गोचर गरिसकेको छ। अप्रिल ६ तारिख(चैत २३, २०७८, बुधवार)सम्म मङ्गल यहीँ राशिमा रहनेछ। यस राशिमा शनिदेव पहिले देखि नै रहेको छ। मङ्गल ग्रहको राशि परिवर्तनको असर सबै १२ वटै राशिहरुमा पर्छ। तर, जुन राशिको जातकको कुण्डलीमा मङ्गलको स्थिति शुभ हुनेछ, तिनलाई विशेष लाभको सम्भावना रहेको छ। जान्नुहोस् कुन राशिका लागि मंगल ग्रहको गोचर फलदायी साबित हुन्छ त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
आर्थिक रुपमा यो समयावधि निकै शानदार रहनेछ। यस अवधिमा तपाईको हरेक प्रयासमा सफलता मिल्नेछ। कार्यस्थलमा मान सम्मान प्राप्त हुनेछ। जीवनमा आउने हरेक चुनौतीलाई तपाईले डटेर सामना गर्नुहुनेछ। धन आर्जनमा सफलता मिल्नेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मङ्गल गोचरले तपाईको आर्थिक पक्षलाई मजबुत बनाउनेछ। यस अवधिमा तपाईलाई आकस्मिक आर्थिक लाभ हुन सक्छ। जागिरमा राम्रै होला। वाद-विवादहरूबाट बच्नुहोस्। यस अवधिमा केही ठूलो उपलब्धि हात पार्न सकिनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कार्यस्थलमा तपाईले वरिष्ठ अधिकारीको सहयोग पाउनुहुनेछ। तलब वृद्धिको सम्भावना छ। इच्छित नतिजा हासिल गर्न सकिनेछ। लगानीका लागि समय अनुकुल छ। जोखिमपूर्ण कार्यहरूबाट बच्नुहोस्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशिका व्यक्तिहरूलाई यस अवधिमा आर्थिक लाभ हुन् सक्छ। करियरमा उन्नतिको सम्भावना छ। जागिरेहरुको बढुवा हुन् सक्छ। व्यापारीहरुका लागि समय अनुकूल छ।