काठमाडौँ : राहु र केतू एकअर्काको समान दूरीमा रहन्छन्। यी दुई ग्रह राशि परिवर्तन पनि सँगै गर्छन्। आउने अप्रिल १२ मा यी दुई ग्रहले राशि परिवर्तन गर्दैछन्। त्यस दिन राहु मेष राशिमा प्रवेश गर्दा केतू तुला राशिमा प्रवेश गर्नेछन्। राहु र केतु राशि परिवर्तनपछि सो राशिहरुमा १८ महिना सम्म रहनेछन्। ज्योतिषीहरुका अनुसार राहु र केतूका राशि परिवर्तनका कारण सबै भन्दा बढी निम्न राशिहरु सतर्क रहनुपर्नेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

राहु र केतूले राशि परिवर्तन गर्दा सम्बन्धहरु बिग्रिन सक्छन्। प्रेम जीवनमा समस्याहरु देखिनेछन्। साना-साना कुरामा पनि झगडा होला। स्वास्थ्यको रुपले पनि राहु र केतूको राशि परिवर्तन शुभ रहने देखिँदैन। कामको मेसो नमिल्दा पछि परिनेछ। लक्ष्यमा पुग्न समय लाग्नेछ। समयमा निर्णय गर्न नसकिँदा बन्न लागेका कार्य पनि रोकिनेछन्। सकेसम्म नयाँ कार्यको थालनी नगर्नु होला।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

राहु तुला राशिको सप्तम भावमा र केतू प्रथम भावमा गोचर हुनेछ। यस्तो हुँदा तुला राशि हुनेहरुको जीवनमा दुख मात्र बढ्नेछ। स्वास्थ्य, आर्थिक पक्ष र सम्बन्धको मामिलामा धेरै सावधान रहनुपर्नेछ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिन सक्ने हुँदा सतर्क रहनु होला। कानुनी रुपमा पनि समस्या आइपर्न सक्ने देखिन्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

राहु र केतूले राशि परिवर्तन गरेसँगै धनु राशि हुनेहरुको जीवनमा नकारात्मक परिवर्तन हुनेछन्। लेनदेनमा सतर्कता अपनाउनु होला। साझेदारीमा गरिएका कार्य असफल हुनेछन्। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। सकेसम्म टाढाको यात्रा पनि नगरेकै राम्रो होला।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

राहु र केतूले राशि परिवर्तन गरेसँगै मकर राशि हुनेहरुलाई पारिवारिक समस्याले सताउनेछन्। पारिवारिक कलहका कारण मानसिक रुपमा तनाव बढ्नेछ। सकेसम्म हतारमा कुनै पनि निर्णय नगरेकै राम्रो होला। उद्योग र व्यापारमा नोक्सानी बेहोर्नु पर्नेछ। शत्रु सक्रिय भएर जाँदा महत्वपूर्ण कार्य बिग्रिन सक्लान्। बोलिमा नियन्त्रण राख्नु होला।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

राहु र केतूको राशि परिवर्तन मीन राशि हुनेहरुका लागि प्रतिकूल परिणाम लिएर आउनेछ। ख्राचा ह्वात्तै बढ्नेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। फाइदाका लागि नजिकिनेहरूले दु:ख दिन सक्लान्। आर्थिक समस्या, पारिवारिक समस्या र स्वास्थ्य समस्या सबैले सताउँदा दैनिकी नै प्रभावित हुनेछ। सम्बन्धहरुमा दरार उत्पन्न हुन सक्ला।
