काठमाडौँ : अहिले नेपाली चलचित्र जगतमा तहल्का मच्चिएको छ। एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जब;_र्जस्ती क;_र-;णीको आरोपमा किटानी जाहेरी दिएपछि अभिनेता पल शाह केही दिनदेखि प्रहरी हिरासतमा छन्। जिल्ला अदालत तनहुँले ब;_ला:-त्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। केहीदिन यता मौन रहेका नेपाली सेलेब्रिटीहरुले अहिले धमाधम आफ्नो धारण व्यक्त गरेका छन्। पल शाह प्रकरणमा सेलिब्रिटीहरुले सामाजिक सञ्जालमा राखेका धारणा जस्ताकोतस्तै तल हेर्नुस्।
• रेखा थापा : –
२० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छ? कती पटक -यौ;_-न संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।
• लक्ष्मी बर्देवा : –
हामी यत्ती त बुझ्न सक्छौ नि, कानुन बिपरित कृयाकलाप गर्दा कानुनी सजाय भोग्नु पर्छ । मलाइ मन पर्ने मान्छे हो,होइन !,मेरो नजिक छ, छैनले यसलाइ फरक पर्दैन र पर्नु पनि हुदैन ! “प्रबृत्ति “माथीको आवाजलाई “ब्यक्तिगत” बनाउनु आफैमा मुर्खता हो!
• ऋचा शर्मा : –
मुलुकी अपराध संहिताले भन्छ’ १८ वर्ष मुनिकासँग -यौ;_-न सम्बन्ध राख्नु ब;_ला:-त्कार हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी। हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै -यौ;_-न सम्बन्ध भए पनि ब;_ला:-त्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै। अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले -यौ;_-न सम्बन्ध राख्यो भने त्यो ब;_ला:-त्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !!
• विनिता बराल
लाग्छ,म पनि सधै उस्तै त्रासमा बाँच्ने दुईवटा छोरीहरुकी आमा हुँदैछु । कसरी जोगाउने यी नानीहरूलाई ?कस्तो शिक्षा दिए उनीहरुले आफूलाई बचाउन सक्नेछन् ?कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतन राख्न सक्लान् ? वा कुन कुनामा सीमित राख्न सके त्यो ललाइ फकाई गर्ने छोरो मान्छेको नजरमा नपर्लान् ?
• सञ्चिता लुइँटेल : –
पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरु टिकटकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो । कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरु कृपया बन्द गरौं । खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौं । यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु । दोषि र निर्दोषी छुट्याउने काम कानून र अदालतको हो । त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस भन्नेमा सबै सचेत रहनुपर्छ ।
• श्रृङ्खला खतिवडा : –