अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राम,फेसबुक र युट्युबमा सार्वजनिक गर्ने गरेकी छिन् । अभिनेत्री प्रियंका पछिल्लो समय कहिले चर्चामा आइन त कहिले ट्रोल पनि भइन । अहिले अभिनेत्री प्रियंकाले सामाजिक सञ्जाल युट्युबमा एक भिडियो सार्वजनिक गरेकी छिन् ।
अभिनेत्रीले सार्वजनिक गरेको भिडियोमा अभिनेत्री प्रियंका कार्कीको जन्म दिनको केक काटिएको छ । अभिनेत्रीले आफ्नो जन्म दिनको केक छोरीको हातबाट काटेकी छिन् । साथै अभिनेत्री आफ्नो अर्को जन्म दिनमा छोरीको मुखबाट नै जन्म दिनको शुभकामा सुन्न पाउने अपेक्षा व्यक्त गरेकी छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
त्यस्तै केही दिन पहिले अभिनेत्री प्रियंकाले छोरी जन्मेको ५ महिना पुगेको अवसरमा हिन्दु परम्परा अनुसार पास्नी गरेकी थिइन् । अभिनेत्रीले तस्वीर सार्वजनिक गर्दै लेखेकी थिइन् । ‘मेरो प्यारो बदाम’ मेरो जीवनका यी विगत ५ महिनाहरू सबैभन्दा कठिन र स्मरणीय छन् ।’ साथै आफ्ना फ्यान हरुलाई पनि आफ्ना साना-साना पलहरूको कदर गर्न मद्दत गरेको धन्यवाद दिएकी थिइन् ।