‘बाबरी’ को रिलिज मिति घोषणा, दुई अभिनेतासँग रो;_मान्स गर्दैछिन् अदिति

काठमाडौँ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमण अहिले बिस्तारै कम हुँदै गईरहेको छ। संक्रमण दर घटेपछि एकपछि अर्को गर्दै धामधम चलचित्र प्रदर्शन मिति घोषणा भईरहेको छ। यसैबीच हालै नेपाली चलचित्र ‘बाबरी’ ले पनि प्रदर्शन मिति तय गरेको छ।

मङ्गलबार महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले चलचित्रको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ। चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाटकरको शीर्ष भूमिका छ। सुरेन्द्र पौडेलको निर्देशन रहेको यो चलचित्र आगामी भदौ ३१ गते रिलिज हुनेछ।

चलचित्रको पोस्टरमा मुख्य तीन पात्रको क्यारेक्टर नाम पनि चिनाइएको छ । अदिति विजेता, धिरज मगर बिक्रान्त र धिरज नाडकर रोनिश बनेका छन् । दुई यूवा र एक यूवतीका त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा धिरज मगर ‘बिक्रान्त’, अदिती बुढाथोकी ‘बिजेता’ र धिरज नाटकर ‘रोनिश’ को भूमिकामा देखिनेछन्।

यस चलचित्रमा धिरज र अदितीले पहिलोपटक सहकार्य गरेका हुन्। ‘इन्टु मिन्टू लण्डनमा’, ‘आई एम ट्वान्टी वान’ पछि धिरजको यो  तेस्रो चलचित्र हो भने अभिनेत्री अदितिको ‘कृ’ पछिको यो दोस्रो फिल्म हो।

प्रकाशित : बुधबार, फागुन १८, २०७८१४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाबालिगसँग यौ:-नसम्बन्ध राख्नु नै अपराध हो- श्रृङ्खला खतिवडा