आज औँसीको दिन परेको विशेष संयोग, यस्ता कार्य गर्नाले चम्किनेछ भाग्य !

हिन्दू क्यालेन्डर अनुसार फाल्गुन वर्षको एघारौं महिना हो। यस महिनामा होलीलगायत अन्य धेरै पर्वहरू मनाइन्छ। यस पटक फाल्गुन कृष्ण पक्ष औंशी फागुन १८ गते बुधबार अर्थात् आज परेको छ। शास्त्र अनुसार फागुन औंशी सुख र समृद्धिको लागि विशेष मानिन्छ। यसपटक फाल्गुन औंशी अर्थात् आजको दिन विशेष संयोग बनिरहेको छ। यस्तोमा यस दिन के कस्ता कार्य गर्नुपर्छ भनेर जान्नुहोस्….

औंशीको दिन बन्दैछ २ शुभ योग 

पञ्चाङका अनुसार यस पटक फाल्गुन कृष्ण पक्ष औंशी तिथि फागुन १८ गते बुधबार अर्थात् आज परेको छ। आजको दिन शिव र सिद्धि योग बनिरहेको छ। यी योग धेरै फलदायी साबित हुनेछ। यस योगमा व्रत बस्दा बढी फाइदा हुने ज्योतिषीहरुको भनाइ छ।

कालसर्प दोषबाट मुक्तिका लागि 

यस दिन कालसर्प दोषबाट मुक्ति पाउन बिहान स्नान गरी चाँदीको सर्प र सर्पको मूर्तिको पूजा गर्नुहोस्। साथै पवित्र नदीमा सेतो फूल बगाउँदा कालसर्प दोषबाट मुक्ति मिल्छ।

प्रकाशित : बुधबार, फागुन १८, २०७८११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कठिनाईको घडीबाट अगाडी बढ्न तागर दिन्छ यी ३ चिजले, यी चिजबिना जीवन हुन्छ नर्कसरह