पल शाह प्रकरणमा अभिनेत्री पुजा: यहाँ नेपाली कलाकारलाई जे गर्दा पनि भयो, जे बोल्दा पनि भयो !

अहिले सामाजिक सञ्जालमा अभिनेत्री पूजा शर्माको एक भनाइ निकै भाइरल भएको छ । जसमा अभिनेत्रीले बलात्कारको अर्थ थाहाँ नभएको बताएकी छिन् ।

गायिका समीक्षा अधिकारीले अहिले अभिनेता पल शाहको विरुद्धमा आफूलाई विभिन्न प्रलोभनमा परेर बला-त्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी छिन् । गायिकाले फागुन ११ गते बुधबार अभिनेता पल शाहको विरुद्धमा जब-र्जस्तिको उजुरी दिएकी हुन् । उजुरी परेपछि फरार रहेका अभिनेता पल शाह फागुन १५ गते मात्र प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

अहिले अभिनेत्री पूजा शर्मा निरन्तर रुपमा अभिनेता पल शाहको समर्थनमा देखिएकी छिन् । अहिले फागुन १३ गतेबाट पूजा र पल अभिनेत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ नेपाल भर लागि रहेको छ । यति मात्र नभई अभिनेत्रीले घटनाको यथार्थ बाहिर नआउँदै अभिनेताको समर्थनमा देखिन्छिन ।

केहि दिन पहिले अभिनेता फरार रहेको समयमा पनि अभिनेत्री अभिनेता पलको तस्बिर भएको टि-शर्ट लगाएर चलचित्रको प्रचारमा देखिएकी थिइन् ।

अहिले पुन: सामाजिक सञ्जालमा अभिनेत्री पूजाको अन्तर्वार्ताको क्रमका केही  भिडियो निकै भाइरल भएको छ  । भिडियोमा देख्न सकिन्छ अभिनेत्रीले उनलाई बला-त्कार भनेको के हो भनेर थाहा नभएको बताएकी छिन् । साथै अभिनेता पल शाहलाई यथार्थ थाहा नहुँदै, दोषी प्रमाणित नहुँदै हतकडी लगाएको भन्दै नेपालमा कलाकारको सम्मान हुन् नसकेको बताएकी छिन् ।

प्रकाशित : बुधबार, फागुन १८, २०७८११:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कलाकार दीपकको कडा व्यङ्ग्य: गल्ली-गल्लीमा न्यायालय, घर घरमा न्यायाधीश !