फाल्गुन १८ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –बुधवार(Wednesday)।।। नक्षत्र – शतभिषा , २७:१० बजे उप्रान्त पूर्वभाद्रपदा ।।। तिथि – औंसी , २३:२१ बजे उप्रान्त प्रतिपदा ।।। करण – चतुष्पद ११:५९ बजेदेखि नाग , २३:२१ बजे उप्रान्त वालव ।।। योग – सिद्ध ३०:२८ बजेदेखि शिव , ८:०३७ बजे उप्रान्त शुभ ।।। फागुन १८, २०७८, बुधवार ।।। ०२ मार्च, २०२२ ।।। औंसी, फाल्गुण कृष्णपक्ष।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:३० ।।। सूर्यास्त(sunrise) – १८:०४।।। कार्यक्रमहरू : द्वापरयुगादि ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
आर्थिक स्थिति सामान्य खालको रहला । स्वास्थ्यका कारणले खर्च बढे पनि आयको स्रोत पूरा घट्ने देखिन्न । विशेष गरेर व्यावसायिक कामबाट केही न केही फाइदा लिइरहनुहुनेछ । शैक्षिक खाले काममा राम्रो सफलता छ । मित्रहरूको सहयोगले पनि गतिलै लाभ देला ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
यात्रा हुने सम्भावना टड्कारो रूपमा देखा पर्छ । विवाहसम्बन्धी कुरामा अलिकति बाधा आए पनि सामान्य प्रयासले नै त्यसलाई निर्मूल गर्न सकिने छ । नातेदारहरूबाट केही धोका होला कि जस्तो छ । भगवतीको आराधनाले आइपर्ने बाधाहरू हट्न सक्छन् ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यो समयलाई राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नेतिर मन जाला भने गरेका काम सफलसमेत हुनेछन् । आर्थिक स्थिति नराम्रो छैन । बाधा दिने तìवहरू बिस्तारै सेलाएर जानेछन् । नेतृत्व शक्ति विकासोन्मुख छ । खर्चको मात्रालाई घटाउन गणेशको दर्शन गर्नुहोस् ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
दिन त्यति राम्रो छैन । अलिकति परिश्रमको खाँचो भने परिरहेको छ । पढाइभन्दा लेखाइमा बढी समय जाला । विद्यार्थी वर्गका लागि बाधाहरू प्रशस्त आउने छन् । बगलामुखीलाई मानिरहनुहोस् ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मध्यम खालको दिन छ। आधा काम बन्ला भने आधा बाँकी रहने छन् । बाधा र विरोधका बीचमा तपाईंले पाइलो चलाउनु पर्नेछ । शिक्षाको क्षेत्रमा आएका अवरोध भने हटेर जाने क्रममा छन् । लेखन कार्यबाट राम्रै फाइदा लिन सक्नुहुनेछ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
समय त्यति राम्रो छैन । बन्नुपर्ने काम अति नै ढिलो भएर बन्नेछन् । बाधा दिने तìवहरू सक्रिय हुँदै आएका छन् । विवाहसम्बन्धी विषयमा बाधा पर्ला जस्तो छ । भगवतीको आराधना नगरीकन कुनै पनि असल काम बन्ला जस्तो छैन ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
बाधा त प्रशस्त आउने छन् तर मुकाबिला गर्नसक्ने शक्ति प्रशस्त छ । स्वास्थ्यको विषयमा सतर्क भइरहनुहोस् । सानोतिनो चोट लाग्ने सम्भावना बढी देखिन्छ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
स्वास्थ्यसम्बन्धी समस्या पर्ला । बिस्तारै सुधार आए पनि पूर्णता भने देखिँदैन । स्वास्थ्यकै लागि खर्च गरिरहनु पर्नेछ । यात्रा भए पनि फलदायी खालको देखिन्न । प्राविधिक खाले कामबाट भने गतिलै लाभ लिन सक्नुहुनेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
केही महìवपूर्ण काम बन्न सक्छन् ।आउँदा दिनहरु भने त्यति राम्रा खालका देखिन्नन् । रुघाखोकी वा शीतकालीन समस्याले सताउला कि जस्तो छ । बिस्तारै सुधार हुँदै आउला । मित्रहरू असल खालका छन् ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
राम्रो खालको दिन छ । धेरै काम बन्नेछन् । पुराना बाँकी रहेका काममा समेत प्रगति देखा पर्छ । मनमा रहेको भय र शङ्काको तुस बिस्तारै घटेर जाला । साथीहरूको मद्दत पाइए पनि उनीहरूको स्वागत, सत्कारका लागि भने खर्च नै गर्नुपर्ला ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
दिनलाई राम्रो रूपमा लिन सकिन्छ। सुरुका दिनमा मित्रहरूसँग भेट हुनुका साथै रमाइलो सङ्गम पनि होला । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै आएको छ । बाधा विरोध दिने तìवहरू स्वतः पन्छिएर जाँदैछन् । व्यापारसम्बन्धी कामबाट विशेष फाइदा हुनेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मध्यम खालको दिन छ। बाधाहरू हट्दै गए पनि त्यसको तुस भने बाँकी रहला। घरपरिवारमा ससानो कुरामा पनि कचिङ्गल पर्ला कि जस्तो छ । मित्रहरूबाट बढी फाइदा होला भन्ने नसोच्नुहोस् । शिवजीलाई बेलको फल चढाएमा आउने बाधा टर्न सक्छन् ।