प्रायजसो मानिसहरु आफ्नो मन पर्ने स्टारको जस्तो अवस्थाको पनि तस्बिर चिन्न केही समय पनि लगाउँदैनन् । तर अहिले यस्तो तस्बिर भाइरल भएको छ कि मानिसहरुले ती तस्बिरमा देखिएकी अभिनेत्रीलाई चिन्न समेत सकेका छैनन् । नायिकाको यो बाल्यकालको तस्बिर देखेर मानिसहरु सोचमा परेका छन् की तस्बिरमा देखिएकी बुवाको काखमा बसेकी यी प्यारी बालिका को हुन् ?
अहिले सामाजिक सञ्जालमा भाइरल भएको बाल्यकालको तस्बिर पछिल्लो समयको चर्चित कलाकार तथा ‘बोग बोस १३’ को प्रतियोगी शहनाज गिलको हो । सामाजिक सञ्जालमा भाइरल भइरहेको शहनाज गिलको यो तस्बिरमा उनी बुबाको काखमा बसेको देख्न सकिन्छ । उनीसँगै उनका कान्छो भाइ शाहबाज पनि देखिएका छन्, जो आमाको काखमा बसिरहेका छन् ।
शहनाज गिल बाल्यकालको तस्विरमा निलो डेनिम जिन्स र नीलो कलर भएको स्वेटरमा देखिएकी छिन् । यो तस्बिरमा अभिनेत्रीको अनुहारमा रहेको भोलापन आज पनि उस्तै छ । उनको यो तस्बिर ६-७ वर्षकी हुँदाको हो ।
आजको समयमा शहनाजलाई कुनै परिचयको खाँचो छैन । ‘बिग बोस १३’ को घरमा शहनाज र टिभी अभिनेता शिद्धार्थ शुक्लाको जोडीलाई निकै रुइचाइएको थियो ।