गर्भावस्थामा रमाउँदै अभिनेत्री काजल, चर्चामा अभिनेत्रीको ‘बेबी बम्प’

दक्षिण भारत तथा बलिउडको चर्चित अभिनेत्री काजल अग्रवाल छिट्टै आमा बन्दै छिन् । अहिले अभिनेत्रीले उनको गर्भावस्थाको केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।

काजले दक्षिण सिनेमाबाट बलिउड सम्म एक अद्भुत यात्रा गरी रहेकी छिन् । पछिल्लो समयमा अभिनात्री कुनै न कुनै कारण सामाजिक सञ्जालमा चर्चामा रहन्छिन् । काजलका फ्यानहरु उनलाई हेर्न उत्सुक हुने गर्दछन् । दर्शक उनको अभिनय र बो-ल्ड शैलीमा मोहित हुने गरेका छन् ।

यस पटक भने अभिनेत्री फरक शैलीमा प्रस्तुत भएकी छिन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा उनको बेबी बम्प सार्वजनिक गरेकी छिन् । जुन तस्बिर अहिले निकै भाइरल भएको छ ।

अभिनेत्री काजलले सन् २०२० अक्टोबर ३० तारिकामा गौतम किचलुसँग विवाह बन्धनमा बाधिएकी थिइन् । अभिनेत्री अहिले आफ्नो पहिलो सन्तानलाई जन्म दिँदै छिन् ।

अहिले अभिनेत्रीले सार्वजनिक गरेको उनको गर्भावस्थाको तस्बिर देखेर फ्यानहरु बधाई दिइरहेका छन् । भने अभिनेत्रीको यो तस्बिर निकै भाइरल भएको छ ।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता पल शाह प्रकरणमा अभिनेत्री ऋचा शर्माले मुख खोलिन्, भनिन् यस्तो