फाल्गुन १६ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –सोमवार(Monday)।।। नक्षत्र – श्रवण , २८:४५ बजे उप्रान्त धनिष्ठा ।।। तिथि – त्रयोदशी , २६:२४ बजे उप्रान्त चतुर्दशी ।।। करण – गर १५:२२ बजेदेखि वणिज , २६:२४ बजे उप्रान्त चतुष्पद ।।। योग – वरियान् , १३:४७ बजे उप्रान्त परिघ ।।। फागुन १६, २०७८, सोमवार ।।। २८ फेब्रुअरी २०२२ ।।। त्रयोदशी, फाल्गुण कृष्णपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:३२ ।।। सूर्यास्त(sunrise) – १८:०३।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
आर्थिक स्थिति त्यति नराम्रो छैन। व्यापारसम्बन्धी कामभन्दा शैक्षिकखाले कामबाट राम्रो आम्दानी गर्नुहुनेछ। मित्रहरूको मात्रै भर पर्नु ठीक छैन । परिश्रम बढी पर्ला, मेहनत अनुसारको फल पनि प्राप्त गर्न सक्नुहुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
स्वास्थ्यबारे बढी सतर्क हुनुहोस् । सुरुका दिनमा स्वास्थ्यकै कारणले प्रशस्त खर्च गराउला तर जटिल समस्या पर्ने देखिन्न। आफ्नै परिश्रमले बढ्दो खर्चलाई उठाउन सक्नुहुनेछ । मित्रहरूबाट राम्रै सहयोग मिल्ला । त्यस्तै व्यावसायिक काममा प्रगति नै देखिन्छ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
केही काम होला भन्ने आश गरे पनि वस्तुतः त्यस्तो हुनेछैन । दिन त्यति राम्रा देखिन्नन् । बेकारको वादविवाद र झण्झटमा पर्नुपर्दा मन खिन्न हुनेछ । सहयोग दिनेभन्दा रिस गर्नेको सङ्ख्या बढी छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
दिन प्रफुल्लित रहनेछ। नयाँ कार्यको आराम्ब्छ गर्नुहुनेछ। मित्र र आफन्तसँग भेट हुनाले आनन्द महसुस हुनेछ। कार्यमा सफलता मिल्नाले उत्साह वृद्धि हुनेछ। प्रतिस्पर्धिले विजय प्राप्त गर्नेछन्। सम्बन्धमा भावनात्मकता अधिक रहनेछ। समाजमा मान-सम्मान मिल्नेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
राम्रै खालको दिन छ। सुरुको दिनमा इष्टमित्रसँग भेटघाट हुने र भोजभतेर पर्ने देखिन्छ तर राम्रो मद्दत र सहयोग दिने मित्रहरू हाल छैनन् । बौद्धिक स्थिति बिग्रिने देखिन्छ। व्यापारसम्बन्धी कामबाट आर्थिक लाभ भइरहला।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
मध्यम खालको दिन छ। परिश्रम बढी परे पनि उपलब्धि भने थोरै मात्र हुनेछ । आफ्नो र परिवारको स्वास्थ्यले खर्च गराइरहला। मद्दत गर्नेभन्दा रिस गर्नेहरु बढी छन्। दौडधूप बढी होला तर ठोस उपलब्धि पाउनुहुने छैन । गणेश र भैरवको सेवा गर्नुहोस् ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मध्यम खालको दिन देखिन्छ । मद्दत गर्नेहरुको सङ्ख्या अत्यन्त सीमित भए पनि तपाईंको आत्मबल कत्ति पनि घट्नेछैन। बौद्धिक स्थिति पहिलेभन्दा परिमार्जित भएर आएको छ । बोलीबाट अरूलाई प्रभाव पार्ने शक्ति बढ्दैछ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
खर्च बढी नै रहला । त्यसलाई नियन्त्रणमा ल्याउन गाह्रो छ । असल काम गर्न खोज्दा पनि भाँजो हाल्नेहरू निकै हुनेछन् । स्वास्थ्यको स्थिति हाल मध्यम छ । सम्मान र प्रतिष्ठा बढ्ला जस्तो छैन । स्वास्थ्यका लागि गणेशको दर्शन गरिरहनुहोस् ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
दिनमा मनमा डरको मात्रा ज्यादा भएर खास ठोस काम गर्न सक्नुहुनेछैन। मानसिक धाराले एउटा निश्चित मोड लिनेछ । शिक्षाको क्षेत्रमा राम्रै प्रगति हुनेछ र केही गतिलो शैक्षिक काम पनि तपाईंको हातमा पर्ला जस्तो छ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
दिन त्यति राम्रा छैन् । बन्न लागेका कामसमेत बिग्रन सक्छन् । बिस्तारै स्थितिमा सुधार आउला। शिक्षा एवं व्यवसाय दुवैतिर केही न केही प्रगति हुनेछ । प्राविधिक दक्षताले ठोस प्रतिफल निकाल्ला ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
खर्च बढी नै रहनेछ । त्यसैले मनमा अज्ञात भयले सताउला। स्वास्थ्यको स्थितिसङ्लो खालको देखिन्न। गणेशको निरन्तर सेवा गरिरहनुहोस्र । घाँटीभन्दा माथिको भागमा केही पीडा हुनसक्छ । व्यावसायिक काममा हानि नभए पनि ठूलो प्रगति हुनेछैन ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मध्यम खालको दिन छ । केही काम बन्नेछन् भने केही बाँकी नै रहनेछन् । बौद्धिक स्थिति हाल पहिलेको जस्तो परिस्कृत छैन । सोच्दै नसोचेको काममा खर्च गरिरहनु पर्दा मनमा खिन्नता हुनेछ । मद्दत गर्ने मित्र कम मात्र छन् । बगलामुखीको सेवा गर्न थालिहाल्नु होस् ।