गायिका समीक्षाले अभिनेता पल विरुद्ध नवलपुरकाे गैँडाकोटबाट पनि बला-त्कार गरेको उजुरी

अभिनेता पल शाह विरुद्ध अहिले नवलपुरकाे गैँडाकोटको एक होटलमा सुटिङको क्रममा गएको समयमा बलात्कार  गरेको आरोपमा नवलपुरकाे गैँडाकोटको बाट पनि गायिका समीक्षाले अभिनेता शाह विरुद्ध उजुरी दिएकी छिन् ।

नायक पल शाह विरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा फागुन ११ गते किटानी जाहेरी दिएकी थिइन् । पल विरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गइसकेको र आइतबार अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्म आत्मसर्पण गरेका छन् ।

यस अघि गण्डकी  प्रहरीले नायक पललाई खोज्न सहयोग गरिदिन  जिल्ला प्रहरी कार्यालय तनहुँले  महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार थियो । गायिका समीक्षाले प्रहरीमा दर्ता गराइएको जाहेरी अनुसार अभिनेता शाहले आफूलाई २०७७ चैत ७ गते गैँडाकोट आएको समयमा त्यस स्थानको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

प्रकाशित : आइतबार, फागुन १५, २०७८१६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चट्ट मिलेको जिउडाल, आकर्षक मुहारकी अभिनेत्री मिरुना मगरका लोभलाग्दा रुपका तस्बिरहरु हेर्नुस्