अन्तत: नायक पल शाह प्रहरी नियन्त्रणमा

गत बुधबार  देखि फरार रहेका नायक पल शाह अहिले तनहुँ प्रहरीका अनुसार तनहुँ प्रहरको  नियन्त्रणमा आएका छन् ।
गत बुधबार फागुन ११ गते गायिका समीक्षा अधिकारीले नायक पल शाहले आफूलाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।
त्यस समयपछि नायक शाह अज्ञात थिए र उनले गायिका समीक्षाले उनलाई लगाएको आरोपको खण्डन गर्दै बिहिबार एक पोस्ट सहित उनलाई यस आरोपमा फसाउन खोज्नेको नाम सहित केही अडियो क्लिप सार्वाजनिक गरेका थिए । अहिले अभिनेताले आइतबार बिहान फेरी उनको सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेका थिए ।
अभिनेताको सार्वजनिक पोस्टमा उनको स्वास्थ्यमा समस्या आउनुको साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र उनी अभिनीत फिल्म “म यस्तो गीतगाउँछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी अभिनेता प्रहरी सामु उपस्थित हुन नसकेको उल्लेख गरेका छन् ।  यस प्रकार छ अभिनेता पल शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट….
नमस्कार सबैमा

मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउँछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई म्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद

प्रकाशित : आइतबार, फागुन १५, २०७८१२:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घटनाको यथार्थ बाहिर नआउँदै अभिनेत्री पूजाले पल शाहको न्यायको लागि भन्दै सार्वजनिक गरिन् यस्तो पोस्ट!