काठमाडौँ : शक्तिको कारक र ग्रहहरुको सेनापति मङ्गल आज धनु राशिबाट मकर राशिमा पुगेको छ। मङ्गलले शनिबार २६ फेब्रुअरीमा ३ बजेर ४९ मिनेटमा आफ्नो राशि परिवर्तन गरेको हो। मङ्गल ग्रह मकर राशिमा आउँदा एक महिनाको समय एकदमै सुखद् रहनेछ। यसका साथै तीन राशि सिंह, वृश्चिक र मीन राशिका लागि पनि अपार सफलता र धन लाभको योग बनेको छ। यद्यपि बाँकी ९ राशिका जातकले अलि सावधानी अपनाउनुपर्नेछ।
यी ३ राशिका लागि सफलता र धन लाभको योग : –
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मङ्गलको राशि परिवर्तनले शत्रु नाश हुनेछन्। वादविवादमा जित हासिल हुनेछ। सबै प्रकारका प्रयासमा सफलता प्राप्त हुनेछ। यो योग आगामी एक महिनासम्म बनिरहनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
मङ्गलको राशि परिवर्तनले आउँदो एक महिनासम्म वृश्चिक राशिका जातकले लगातार सफलता हासिल गर्नेछन्। रोकिएका धन फिर्ता हुनेछ। धन लाभका प्रशस्त मार्गहरु खुल्नेछन्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मङ्गलको राशि परिवर्तनले अचानक धन लाभ हुनेछ। सन्तानको उपलब्धीबाट मन प्रसन्न हुनेछ। उच्च शिक्षामा लाभ मिल्नेछ। सम्पत्ति खरिद गर्नुहुनेछ। पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ। मान-सम्मान र चौतर्फी वाहवाहीको योग छ।