जंगिए दुर्गेश: गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि !

बलात्कारको आरोप लागेका अभिनेता पल शाह अहिले अज्ञात छन् । तर अभिनेताले बिहिबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेका छन् । अभिनेता पलले एक पोस्ट गर्दै केही मानिस मिलेर आफूलाई फसाउन खोजेका बताएका छन् । अभिनेताले एक पोस्ट सहित केही अडियो समेत सार्वजनिक गरेका छन् ।

पलले एक पोस्ट सार्वजनिक गर्दै उनलाई केही मानिस मिलेर फसाउन खोजेको भनेका छन् । अभिनेता पलका अनुसार गायक दुर्गेश थापा सहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको आउनको भनाइ छ । साथै अभिनेताले गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर आफूलाई फसाउन खोज्ने मानिसको तालिका पनि सार्वजनिक गरेका छन् जुन यस प्रकार छ । साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओली, भाई कृष्ण जोशी, सम्राट चौलागाई रहेको बताएका छन् ।

त्यस्तैमा अहिले दुर्गेश थापाको केही भनाइ पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । अहिले दुर्गेश थापा पनि बोलेका छन् । दुर्गेशको भनाइ अनुसार उनले एक अन्यमा परेकी बालिकालाई सहयोग गर्न मात्र खोजेको उनको भनाइ रहेको छ । साथै यस कुरालाई स्पष्ट पार्न दुर्गेशले पत्रकार सम्मेलन समेत गर्ने बताएका छन् ।

दुर्गेशले गल्ती गर्ने पल अनि आरोप भने आफू माथि किन लागेको भनेर प्रश्न समेत उठाएका छन्। उनले भने,”गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि। एक नाबालिग ऊबाट पीडित भएकी छन्। ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ। नाबालिगले न्याय पाउनुपर्छ।”

प्रकाशित : बिहिबार, फागुन १२, २०७८१५:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संगीत क्षेत्र र चलचित्र क्षेत्रको नाक काटियो- गायक शिव परियार