अभिनेता पल शाहको खोजीमा प्रहरी

नायक पल शाह विरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी छिन् । पल विरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गइसकेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ। यसको साथै गण्डकी  प्रहरीले नायक पललाई खोज्न सहयोग गरिदिन  जिल्ला प्रहरी कार्यालय तनहुँले  महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ ।

अहिले पल अज्ञात भए पनि अभिनेताले सामाजिक सञ्जाल मार्फत बिहिबार आफूलाई फसाउन खोजेको भन्दै केही सबुत सहित एक पोस्ट सार्वजनिक गरेका थिए । महानगरीय प्रहरी परिसरका अनुसार  अहिले अभिनेताको खोजी भइरहेको बताइएको छ । अहिले अभिनेताको विरुद्धमा एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

अभिनेताको करियरको बारेमा कुरा गर्दा  पल करिब एक दशक देखि नेपाली म्युजिक भिडियो  हुँदै विभिन्न म्युजिक भिडियोमा कम गरिसकेका छन् । पछिल्लो समयमा अभिनेता चलचित्र क्षेत्रमा पनि निकै सक्रिय भएको पाउन सकिन्छ । पछिल्लो केही वर्षमा अभिनेता चलचित्र तथा म्युजिक भिडियो क्षेत्रमा निकै सक्रिय भएको पाउन सकिन्छ । शुक्रबारबाट अभिनेता पल र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउने भएको छ ।

प्रकाशित : बिहिबार, फागुन १२, २०७८१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जंगिए दुर्गेश: गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि !