बलात्कारको आरोप लागेका अभिनेता पल शाह अहिले सामाजिक सञ्जाल मार्फत आफूलाई फसाउन खोजेको भन्दै एक नयाँ खुलासा गरेका छन् । अभिनेता पल बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट सार्वजनिक गर्दै आफूलाई फसाउन खोजेको बताएका छन् । अभिनेताले एक पोस्ट सहित केही अडियो समेत सार्वजनिक गरेका छन् ।
पलले एक पोस्ट सार्वजनिक गर्दै उनलाई केही मानिस मिलेर फसाउन खोजेको भनेका छन् । अभिनेता पलका अनुसार गायक दुर्गेश थापा सहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको आउनको भनाइ छ । साथै अभिनेताले गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर आफूलाई फसाउन खोज्ने मानिसको तालिका पनि सार्वजनिक गरेका छन् जुन यस प्रकार छ । साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओली, भाई कृष्ण जोशी, सम्राट चौलागाई रहेको बताएका छन् ।
यस प्रकार छ अभिनेता पल शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट
नमस्कार म पल शाह
म आजकेही आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकाली सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केही दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नु भयो र जुन आरोप म माथि लगाईएको छ ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओढायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।
यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समीक्षा अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई