अभिनेता पल शाह विरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएकी छिन् ।

पछिल्लो समयको चर्चित गायिका  समिक्षा अधिकारीले नायक पल शाह विरुद्धमा जबरजस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएकी छिन् ।  गायिका समीक्षाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा नायक पल शाह विरुद्धमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

शाह विरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको बताइएको छ। शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गइसकेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ।

यस अगाडी गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दिने प्रयास गरेकी थिइन्। तर त्यहाँ जाहेरी दर्ता नभएपछि तनहुँमा जाहेरी दिएकी हुन्। रिपोर्टका अनुसार  अभिनेता शाहले गायिका समिक्षालाई एक म्युजिक भिडियो सुटिंङको क्रममा तनहु जिल्ल पुगेको समयमा  अभिनेताले गायिकालाई माया गर्ने आस   देखिएर जबर्जस्ती करणी गरेको अभियोग अभिनेता पलमाथि परेको छ ।

नेपालको कानुन अनुसार १८ वर्ष भन्दा  कम उमेरको युवतीसँग सहमति तथा सहमति बेगर सम्बन्ध भएमा त्यस्तो सम्बन्ध बलात्कार मानिने कानुन छ ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता पल शाहविरुद्ध समीक्षाले दिइन् जबरजस्ती करणीको किटानी जाहेरी, पक्राउ गर्ने तयारी