कोहीँ ५१ त कोहीँ ४९ वर्षको उमेरमा पनि छन् अविवाहित, बलिउडका यी सुन्दरीहरुले पाएनन् अझैँ जीवनसाथी

एजेन्सी : बलिउडमा विगत केही वर्षदेखि थुप्रै सेलेब्सको विवाहको लहर चलेको छ। दीपिका-रणवीर, प्रियंका-निक, विराट-अनुष्का पछि मात्र वरुण-नताशा पनि विवाह बन्धनमा बाँधिए। यद्यपि अझै पनि यस्ता धेरै स्टार छन् जसको विवाहको उमेर भइसकेको त छ तर उनीहरूले आफ्नो जीवनसाथी फेला पारेका छैनन्। आज हामी तपाईंलाई बलिउड र टिभीका त्यस्तै अभिनेत्रीहरूको बारेमा बताउन जानेछौं जो ३५ वर्ष नाघिसकेका छन्, तर अझै कुमारी छन्।

तबु(Tabu) :

बलिउडकी प्रतिभाशाली अभिनेत्री तबुले अझै विवाह गरेकी छैनन्। फिल्म ‘विजयपथ(Vijaypath)’ बाट तबुले फिल्म जगतमा पाइला राखेकी हुन्। तबु बलिउडमा एकसे एक पात्रको भूमिकामा देखिएकी छिन्। उनको नाम एक समय अजय देवगनसँग जोडिएको थियो तर अजय काजोलसँग प्रेममा थिए। त्यसैले उनले काजोललाई विवाह गरे। अहिले तब्बू ५१ वर्षकी भइसकिन् तर अविवाहित नै छिन्।

नरगिस फाखरी(Nargis Fakhri) :

‘रकस्टार(Rockstar)’ फिल्मबाट दर्शकको मन-मुटुमा बस्न सफल नर्गिसले बलिउडमा कम हिटहरू दिएतापनि उनी इन्डस्ट्रीको प्रख्यात नाम हो। नार्गिस अहिले ४२ वर्षकी भईन् तर पनि अहिलेसम्म सिंगल नै छिन्।

शमिता शेट्टी(Shamita Shetty) :

शारारा … शारिता बोलको गीतबाट दर्शकलाई मोहित बनाउन सफल शमिता अहिलेसम्म विवाहको बन्धनमा बाँधिएकी छैनन्। उमेरले ४३ नाघिसकेकी शमिताले अहिलेसम्म आफूलाई सुहाउने जीवनसाथी फेला पार्न सकेकी छैनन्।

सुष्मिता सेन(Sushmita Sen) :

पूर्व मिस युनिभर्स र बलिउडको प्रसिद्ध अभिनेत्री सुष्मिता सेनले आफ्नो अभिनयले सबैको मन जितिन्। उनको बलिउड करियर पनि धेरै नै शानदार छ, तर उनले अहिलेसम्म बिहे गरेकी छैनन्। सुष्मिताको नाम धेरै बलिउड कलाकारहरूसँग जोडियो तर उनले विवाह भने अहिलेसम्म गरेकी छैनन्।

तनीषा मुखर्जी (Tanisha Mukerji):

काजोलकी बहिनी तथा तनुजाकी छोरी तनीषा उमेरले ४३ वर्षकी भईसकिन् तर अहिलेसम्म उनी अविवाहित छिन्। तनीषाले बिग बोसमा सहभागिता जनाईसकेकी छिन्। बिग बोसमा हुँदा अरमान कोहलीसँग उनको निकटता बढेको थियो तर पछि ब्रेकअप भएको थियो।

अमीषा पटेल (Amisha Patel):

अमिषा ४५ वर्षकी भइन् तर अहिलेसम्म पनि उनी अविवाहित पनि छिन्। अमिषाले फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनको नाम निर्माता विक्रम भट्टसँग जोडिएको थियो तर पछि ब्रेकअप भयो।

एकता कपूर (Ekta Kapoor):

टेलिभिजन क्वीनको नामले परिचित एकताले पनि विवाह गरेकी छैनन्। ४६ वर्षकी एकता सरोगेसीमार्फत आमा बनेकी छिन्। उनको छोराको नाम रवि हो।

साक्षी तन्वर(Sakshi Tanwar) :

‘दंगल’ जस्ता फिल्महरुमा देखिएकी साक्षी तन्वर उमेरले ४९ वर्षकी भईसकिन् तर उनले अहिलेसम्म विवाह गरेकी छैनन्। साक्षीले एक बच्चीलाई धर्मपुत्री बनाएकी छिन्।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१८:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कट्रिना कैफकी देवरानीले पारदर्शी कपडामा देखाईन् लोभलाग्दो अवतार, फ्यान्सको लोभ्भियो मन