छोरी आयराको प्रेमीसँग यस्तो छ अभिनेता आमिरको सम्बन्ध, सार्वजनिक भयो यस्तो तस्वीर !

बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी आयरा खान केही समयदेखि प्रेमी नुपुर शिखरेसँगको प्रेम सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् । उनी प्रायः नूपुरसँग आफ्ना विभिन्न तस्वीर र भिडियो शेयर गर्छिन् । अहिले आयराको पुरानो तस्वीर सार्वजनिक भएको छ जसमा उनी प्रेमी नुपुर र बुवा आमिरसँग देखिएका छन् । यो तस्वीरमा आमिर र नुपुरको मित्रता पनि देख्न सकिन्छ ।

आयरा खानले इन्स्टाग्राम अकाउन्टमा एक थ्रो-ब्याक फोटो पोस्ट गरेकी छिन् जसमा उनी नाइटसू-टमा देखिएकी छिन् । उनका बुबा आमिर खान र प्रेमी नुपुर पनि एउटै पोशाकमा तस्वीरमा देखिएका छन्। यसै क्रममा आयराका एक साथी पनि देखिएकी छन् जसले उस्तै प्रकारको ड्रेस लगाएकी छन् ।

यो तस्वीर सेयर गर्दै आयराले क्याप्सनमा लेखेकी छिन् । ‘स्वेटरको मौसम फिर्ता ल्याउनुहोस् र क्रिसमसलाई सधैँ स्वागत छ।’ वास्तवमा यो तस्वीर गत वर्ष किसमसको समयमा खिचिएको थियो जब आयराले प्रेमी नुपुर र बुबा आमिरसँग यो पर्व मनाएकी थिइन् ।

सबैलाई थाहा नै छ आयरा खान आमिर खानकी पहिलो पत्नी रीना दत्तकी छोरी हुन् । आयरा खान पनि बुबा आमिर जस्तै मनोरञ्जन क्षेत्रमा करियर बनाउन चाहन्छिन् । सन् २०१९ मा उनले ‘युरि-पाइ:ड्स मेडिया’ नामको चलचित्र निर्देशन गरेकी थिइन् जुन निकै चर्चामा थियो । अहिले आमिर खानले दोस्रो पत्नी किरण रावसँग पनि सम्बन्ध विच्छेद गरेका छन् । केही समयअघि दुवैले सामाजिक सञ्जालमार्फत एकअर्काबाट अलग भएको घोषणा गरेका थिए ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मान्छेको ध्यान तान्न एक सन्तानकी आमा रश्मिले शेयर गरिन् यस्ता का;_मुक तस्बिरहरु