भोलि फागुन १० गतेको राशिफल : मङ्गलबार यी राशिले पाउनेछन् चौतर्फी सफलता, जान्नुहोस् आफ्नो राशिको हाल

फाल्गुन १० गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – मङ्गलबार(Tuesday)।।। नक्षत्र – स्वाती , १५:१७ बजे उप्रान्त विशाखा ।।। तिथि – षष्ठी , १७:५७ बजे उप्रान्त सप्तमी ।।। करण – गर ६:५३ बजेदेखि वणिज , १७:५७ बजे उप्रान्त कौलव ।।। योग – वृद्धि , १०:५१ बजे उप्रान्त ध्रुव ।।। फागुन १०, २०७८, मङ्गलबार ।।। २२ फेब्रुअरी २०२२  ।।। षष्ठी, फाल्गुण कृष्णपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:३७ ।।। सूर्यास्त(sunrise) – १७:५९ ।।। 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मनमा रहेको भय हटेर काम गर्ने हौसला बढ्ला । स्वास्थ्यसम्बन्धी समस्या परे पनि त्यसको निराकरण चाँडै नै हुनेछ । पढ्न र लेख्नतिर पहिलेभन्दा गति बढ्ला । रिस गर्नेहरू भने बढी नै छन् । त्यसलाई साम्य पार्न गणेशको आराधना गरिरहनुहोस् ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

पहिलेको तुलनामा दिन धेरै नै राम्रो छ । दिन सफलताकारक छ। अलिकति खर्च बढे पनि राम्रो काममा नै हुनाले खास पिरलो पर्ने छैन । शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ । प्राविधिक दक्षतासमेत हाललाई उत्कृष्ट रूपमा हुनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सुरुमै मित्रहरूसँग भेटघाट हुनुको साथै केही गतिला काम हुनेछन् । आर्थिक स्थिति त्यति नराम्रो छैन । खर्च नघटे पनि आयको स्रोत बलियो हुनाले खास पिर मान्नुपर्ने छैन । व्यापारसम्बन्धी काममा भने सोचेकोजति प्रगति हुने देखिन्न।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

खर्च बढी होला । ठोस कामभन्दा मनोरञ्जनको कामले नै बढी समय लिनेछ । साथीहरू खर्च गराउनेखालका मात्रै छन् । विवाहसम्बन्धी कुरा पनि हाललाई अल्मलिन सक्छ । देवीको दर्शन गरिरहनुहोस् ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मध्यमखालको दिन छ । केही गतिला काम बन्नेछन् भने कुनै बन्न–बन्न लागेका काम पनि अल् ́नेछन् । व्यापारसम्बन्धी काममा बढी परिश्रम पर्ला । खर्च घट्नेतिर देखिन्न । प्राविधिक किसिमको काममा भने राम्रै प्रगति हुनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मनमा डर त लागिरहला तर त्यसले खास बिगार गर्ने छैन । पहिले भएको निराशा क्रमशः घटेर जाला । व्यापार र व्यवसायमा आंशिक भए पनि प्रगति नै हुनेछ । मित्रहरूबाट भने त्यति ठूलो सहयोग पाइने छैन । प्रेमको क्षेत्रमा समेत हाल सफलता देखिन्न।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिनलाई राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नतिर मनको प्रवृित्त जाला त गरेका काम बन्ने पनि छन् । आयको स्रोत बलियो भएर आएको छ । मित्रहरूबाट राम्रै सहयोग पाउनुहोला । महिला मित्रहरूले तपाईंको प्रगतिमा पूरा साथ दिनेछन् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन त्यति राम्रो छैन । त्यसैले ठूलो रकमको लेनदेन नगर्नुहोस् । सामान्यखालको प्रगति हुनेछ । पढ्नुपर्ने काममा अनेकौँ बाधा तेर्सिनेछ । आफ्नोमात्र नभएर परिवारको स्वास्थ्यले समेत खर्च गराउला।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

बढी दौडधुप गर्नुपर्ला । परिश्रमअनुसारको फल मिल्न गाह्रो छ । दिनमा स्वास्थ्यमा समेत बाधा आउन सक्छ । त्यसलाई निराकरण गर्न सूर्य र गणेशको आराधना गरिरहनुहोस् । शिक्षाको क्षेत्रमा सामान्यमात्र प्रगति छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यो दिन तपाईंको लागि प्रेरक छ। विरोध गर्नेहरू भए पनि त्यसलाई परास्त गर्न सक्नुहुनेछ । पढाइ, लेखाइतिर प्रगति नै गरिएला । अरूलाई प्रभाव पार्न सक्ने शक्ति वाणिमा छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

पहिलेको जस्तो जटिलता छैन । आएका बाधा र विरोधलाई सामना गर्न सक्नुहुनेछ । रिस गर्ने विरोधी भए पनि तिनीहरूसँग सामना गर्न सक्ने क्षमता आउनेछ । पारिवारिक सन्तोष भने त्यति देखिन्न । विवाह एवम् प्रेमसम्बन्धी कुरामा अड्चन आइरहला ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दिन मध्यमखालको छ । मानप्रतिष्ठा बढ्लाजस्तो छैन । बरु रिस गर्नेहरू भने बढी नै रहनेछन् । व्यापार र हातले समातेको व्यवसायले मात्र तपाईंलाई साथ देला । पढाइ एवम् ज्ञान सिक्ने क्षेत्रमा अलिअलि मात्रै प्रगति हुनेछ । बङ्गलामुखीको आराधना गरिरहनुहोस्।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८२०:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशिका महिलामा हुन्छ अद्भुत शक्ति, भविष्यलाई बनाउँछन् उज्ज्वल !