गायन रियालिटी शो नेपाल आइडल छोड्दै प्रस्तोता आसिफ शाह

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलका प्रस्तोता आसिफ शाहले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै नेपाल आइडलको आगामी सिजनमा आफू नरहने बताएका छन् ।

चर्चित गायन रियालिटी शो नेपाल आइडलमा दोस्रो सिजनबाट प्रस्तोताको रुपमा देखिँदै आएका प्रस्तोता आसिफा शाहले सिजन ४ पछिको सिजनमा आफू नदेखिने बताएका छन् । अहिले नेपाल आइडलको सिजन ४ चलिरहेको छ । आसिफले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै आफू अगामी सिजनमा नरहने हुँदा यस सिजनलाई यादगार बनाउने कोसिस गरेको बताएका छन् ।

आसिफ यस सूचनालाई सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै लेखेका छन् । ‘हरेक यात्रा,जतिसुकै रोचक किन नहोस,अन्त्य अवश्य हुन्छ।नेपाल आइडलको मेरो यात्रा पनि अब यही सिजन सम्मको छ।   यसलाई सकेसम्म यादगार बनाउने कोशिसमा छु।’  पहिलो सिजनपछि सुशील  नेपालले नेपाल आइडल छोडेपछि सुशीलको स्थानमा आसिफको आगमन भएको थियो ।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नै कोखबाट बच्चा जन्माउने सक्ने भएपनि ‘सरोगेसी’ बाट आमा बनेका हुन् यी बलिउड स्टार