अहिले अभिनेत्री ऋचा शर्माको साथै उनको छोराको केही तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा अभिनेत्री उनको छोरा र श्रीमानको साथमा देखिएकी छिन् । भाइरल तस्वीर अभिनेत्रीको छोराको पास्नीको हो । आज भन्दा करिब ६ महिना पहिले छोरालाई जन्म दिएकी अभिनेत्री ऋचाले केही दिन पहिले छोराको पास्नी गरेकी हुन् ।
अहिले अभिनेत्रीले उनको छोराको पास्नीको तस्वीर सार्वजनिक गर्दा निकै भाइरल भएको छ ।
केही समय पहिले नेपाली चलचित्र क्षेत्रका अभिनेत्री गर्भवती भएको खबरले सामाजिक सञ्जाल निकै तातेको थियो । पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्कीको गर्भावस्थाको तस्वीरले सामाजिक सञ्जाल तताएको थियो । प्रियंका पछि अभिनेत्री ऋचा शर्माको गर्भावस्थाको तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
यति बेला सामाजिक सञ्जालमा अभिनेत्री ऋचा शर्माले सार्वजनिक गरेका तस्बिर तथा भिडियो दर्शकले निकै रुचाएका छन् । अभिनेत्रीले उनको छोराको साथमा निकै सुन्दर तस्वीर तथा भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । अहिले ऋचाले सार्वजनिक गरेको तस्वीरमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
अहिले अभिनेत्री ऋचाले उनको छोराको साथमा सार्वजनिक गरेको तस्वीरमा विभिन्न कलाकार सहित अभिनेत्रीका फ्यानको लाइक कमेन्टको वर्षात् गरेका छन् ।