एजेन्सी : भारतीय अभिनेत्री मृणाल ठाकुरले छोटो समयमै बलिउडमा आफ्नो पहिचान बनाएकी छिन्। ‘सुपर ३०’ र ‘तुफान’ मा छोटो भूमिका निभाए पनि दर्शकले उनलाई असाध्यै मन पराएका छन्। उनी चाँडै नै शाहिद कपूरसँग फिल्म ‘जर्सी’ मा पनि देखिनेछिन् ।
हालै मृणालले छुट्टीमा श्रीलंका जाँदाखेरीको तस्बिर पोस्ट गरेकी छिन्। जसमा उनी निकै छोटो कपडामा देखिएकी छिन्। उनको यो अवतारलाई धेरैले मन पराएका छन् भने केहीले उनीबाट यस्तो अपेक्षा नगरेको भन्दै आफ्नो असन्तुष्टि पोखेका छन्। उनलाई परम्परागत पहिरनमा नै असाध्यै राम्रो देखिने तिनको भनाई छ। तिनले मृणालले यस्तो गर्न आवश्यक नरहेको बताएका छन्।
शायद मृणालमा पनि आफूलाई एक बो;_-ल्ड अभिनेत्रीको रुपमा स्थापित गर्ने चाह हुन् सक्छ। यहीँकारण उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा यी फोटोहरु पोस्ट गरेकी छिन्। ती तस्बिरहरुले अहिले समाचार तयार पार्दासम्म ४ लाख ५६ हजार लाइक्स पाएको छ।