फाल्गुन ८ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – आइतवार(Sunday)।।। नक्षत्र – हस्त , १७:०४ बजे उप्रान्त चित्रा ।।। तिथि – चतुर्थी , २१:१२ बजे उप्रान्त पञ्चमी ।।। करण – वव ९:४७ बजेदेखि वालव , २१:१२ बजे उप्रान्त गर ।।। योग – शूल , १५:४२ बजे उप्रान्त गण्ड ।।। फागुन ०८, २०७८, आइतवार ।।। २० फेब्रुअरी २०२२ ।।। चतुर्थी, फाल्गुण कृष्णपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:३९ ।।। सूर्यास्त(sunrise) – १७:५७ ।।। कार्यक्रमहरू : विश्व सामाजिक न्याय दिवस (World Day of Social Justice) ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मध्यमखालको दिन छ । खर्च त घट्ने छैन तर आयस्रोत पनि भएकाले खास समस्या पर्ने देखिन्न । व्यावसायिक कामबाट राम्रो उपलब्धि होला । परिवारबाट पनि पूरै सहयोग पाइनेछ । राम्रो लाभ होला।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
दिनलाई निकै राम्रो रूपमा लिन सकिन्छ । मनमा असलखालको भावना उत्पन्न भइरहला । केही गतिला कामसमेत तपाईंबाट सम्पन्न हुनेछन् । गरेको काममा सफलता नै छ । मित्रबाट पाइने सहयोगमा कुनै कमी देखिन्न । प्राविधिकखाले कामले प्रशस्त लाभ देला ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
दिन त्यति राम्रो छैन् । अनेकौँ समस्या परेर मनमा चिन्ता थपिइरहला । बेलुकीदेखि मात्र समस्यामा कमी आउन सक्छ । खर्च अति नै बढ्ला । जागिर वा काम गरेको ठाउँबाट आएको आय नगन्य रूपमा मात्रै देखिनेछ । शनिश्चरको सेवा गर्नुहोस् ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मनमा डर लागिरहनेछ । तर, डर लागेअनुसारको असफलता भने छैन । मित्रहरूको सहयोगले सामुन्ने आएका समस्यालाई हल गर्न सकिनेछ । व्यापार व्यवसायबाट हाल मध्यम लाभमात्रै होला ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
खर्च बढेर जाला । स्वास्थ्यका लागि र पारिवारिक समस्या हल गर्नका लागि बढी खर्च हुन जाला । हाललाई प्राविधिकखाले कामबाट पनि मध्यम लाभमात्र छ । पढाइको क्षेत्रमा भने पहिलेको तुलनामा निकै सुधार हुँदै जाला ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
मध्यमखालको दिन छ । आय एवम् व्यय बराबरखालको छ। हातले समातेको इलमले राम्रै आर्जन गराउनेछ । जागिरतिर समेत हाल चिन्ता लिनुपर्ने स्थिति छैन । खर्चको मात्रा भने घट्नेक्रममा देखिन्न । यात्रा हुने सम्भावना पनि त्यत्तिकै टड्कारो छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । खासगरी पेटमा गडबडी हुने सम्भावना छ । त्यसैले खानपान गर्दा सतर्क हुनुहोस् ।बिस्तारै सुधार भएर आउला । आँटेका काम आंशिक रूपमा बन्नेछन् । प्राविधिकखाले कामबाट मनग्गै आम्दानी गर्नुहुनेछ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
समस्याको थुप्रो घटेर गए पनि अलि–अलि बाँकी नै रहनेछ । मद्दत गर्ने मित्रको सङ्ख्या त्यति देखिन्न । तर, पहिलेको अपेक्षामा सुधार नै भएर आएको छ । व्यापार व्यवसायबाट हुने आम्दानीमा अलिकति भए पनि वृद्धि भएर जाला । शिक्षाको क्षेत्रमा हाल राम्रो स्थिति छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
कूटनीतिक क्षेत्रमा त्यति सफलता देखिन्न । हाललाई नेतृत्व शक्ति पनि साह्रै कमजोर भएर आएको छ । व्यापारसम्बन्धी कामबाट भने केही टेवा मिलिरहला । जागिरबाट भएको आयले मात्रै समस्या समाधान गर्न सकिने छैन ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
यात्राको क्रम अझै रोकिएको छैन । तर, फलदायी यात्रा भने हुने देखिन्न । समस्या धेरै आउनेछन् र त्यसलाई समाधान गर्दागर्दै समय बित्दै जाला । रिस गर्नेको सङ्ख्या निकै छ भने मद्दत गर्ने सीमितमात्र छन् । घरपरिवारबाट समेत हाल त्यति राम्रो सहयोग देखिन्न।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
बढी खर्च होला तर दिन राम्रो खालको छ । स्वास्थ्यस्थिति भने हाल त्यति राम्रो देखिन्न । आफ्नोमात्र नभएर परिवारको स्वास्थ्यले समेत चिन्ता देला । त्यसलाई निवारण गर्न देवीको दर्शन गर्नुहोस् । नोकरीतिर हाल मध्यम छ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
सामान्यखालको दिन छ । आय र व्यय बराबरै किसिमको होला । पढाइ र लेखाइमा बढी समय जानेछ । परिवारमा भने सानो कुरामा पनि किचलो हुनेछ । प्रेमको क्षेत्रमा हाल सफलता देखिन्न । यात्रा फलदायी छैन । बढी खर्च गराउने खालको दिन छ।